युरोपनेपाली खबर ।
लिस्बन, पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।
अनेसासको विधान अनुरुप दुईबर्षे कार्यकालका लागि अधिवेशनले निर्विरोध रुपमा एन बी अन्जान अध्यक्ष चयन गरेको छ यसैगरी सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति रहेको थियो जसमा निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेका थिए ।
निर्विरोध रुपमा निर्वाचन सम्पन्न भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय महासचिव लगायतले शुभकामना व्यक्त गरेका थिए । आफ्नो कार्यकाल सबैको सहयोग र सद्भावमा सफलतापूर्वक पुरा भएको र अधिवेशन सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो । अधिवेशन अनलाइन मार्फत् जुन १९ तारिख बिहीबार भएको थियो ।
नव निर्वाचित कार्यसमितिका लागि पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । सल्लाहकार समितिमा सवी श्रेष्ठ, रविन अधिकारी, यादव देवकोटा, अर्जुन श्री र आरपी पन्त रहेका छन् ।
FOUNDER/CHIEF EDITOR :