एनआरएनए आइसीसीद्वारा राष्ट्रिय समन्वय परिषद(एनसीसी) हरुको बैठक आह्वान

एनआरएनए आइसीसीद्वारा राष्ट्रिय समन्वय परिषद(एनसीसी) हरुको बैठक आह्वान
www.europenepalikhabar.com २०८१ माघ १६ गते बुधबार, 29-01-2025


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) आसीसीले आफ्ना ८७ देशमा छरिएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूको बैठक बोलाएको छ।

गैरआवासीय नेपाली संघका अनुसार, गैरआवासीय नेपाली संघको वर्तमान अवस्थाबारे राष्ट्रिय समितिका सुझाव संकलन गर्न सो बैठक आव्हान गरिएको हो। बैठकमा गैरआवासीय नेपाली संघको यूरोप बैठक र कम्बोडियामा हुने एशिया क्षेत्रीय बैठक र सदस्यता वितरण सम्बन्धी छलफल हुने बताइएको छ।

संघले मध्यपूर्व र अफ्रीकामा रहेका राष्ट्रिय समितिको बैठक फेब्रुअरी १ तारिख, एशिया र ओशिनिया क्षेत्रका राष्ट्रिय समितिको बैठक फेब्रुअरी २ तारिख र यूरोप र अमेरिका क्षेत्रका राष्ट्रिय समितिको बैठक फेब्रुअरी २ तारिख नै तय गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित