युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपतकालीन अक्षय कोषमा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेद्वारा रु.५५ हजार ५०५ प्रदान गरेका छन् ।
नेपाल र संसार भरिका पत्रकारलाई आपत र संकट पर्दा सहयोग गर्ने उदेश्यले एक करोड रुपैयाको आपतकालीन अक्षय कोष स्थापना गर्ने लक्ष्यका साथ अहिले महासंघले स्वदेश विदेश सबैतिर सहयोग संकलन गरिरहेको छ ।
यसै सन्दर्भमा परोपकारी र समाजसेवामा सधैं सक्रिय रहेका एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरेले व्यक्तिगत रूपमा महासंघको कोषमा नेपाल पत्रकार महासंघ युरोप च्याप्टर मार्फत यस्तो रकम सहयोग गरेका हुन् ।
उनले पुर्याएको सहयोगका लागि नेपाल पत्रकार महासंघ युरोप च्याप्टरले गैरेप्रति धन्यवाद ज्ञापन गरेको छ ।
FOUNDER/CHIEF EDITOR :