आइफोन १२ रिलिज हुँदै, यस्ता छन विशेषता

आइफोन १२ रिलिज हुँदै, यस्ता छन विशेषता
युरोपनेपाली खबर २०७७ असोज २७, 13-10-2020


 

एजेन्सी । प्रसिद्ध टेक कम्पनी एप्पलले अक्टोबर १३ मा ‘आइफोन १२’ सिरिज सार्वजनिक गर्ने भएको । एप्पपले अक्टोबर १३ मा आइफोन १२ सार्वजनिक गर्ने हल्ला विश्वभरी छरिएको थियो । तर, अब भने एप्पलले नै यसबारे आधिकारिकता जनाएको छ । युट्युबमा एप्पलले रिमाइन्डर समेत सेट गरिसकेको छ ।

एप्पलले उक्त दिन आइफोन १२ का चार वटा सिरिज सार्वजनिक गर्ने बताइएको छ । ती सिरिजहरू आइफोन १२ मिनी, आइफोन १२, आइफोन १२ प्रो तथा आइफोन १२ प्रो म्याक्स हुनेछन् । यो समाचार लिकस्टर कांगले सार्वजनिक गरेको हो । अक्टोबरमा आइफोन १२ लन्ज हुने भएता पनि मोडलबारे एप्पलले कुनै जानकारी दिएको छैन् ।

यसभन्दा अघि एप्पलले आइफोनको सिरिजमा तीन प्रकारका मोडलहरू सार्वजनिक गर्दै आएको छ ।

कांगले अब सार्वजनिक हुने आइफोनको विशेषताहरूको बारेमा पनि समाचार प्रकाशित गरेको छ । कांगले सार्वजनिक गरे अनुसार आइफोन–१२ को मूल्य ६९९ डलर देखी सुरू हुनेछ ।

लिकस्टर कांगका अनुसार आइफोन १२ का विशेषताहरू यस प्रकार हुनेछन् :-

आइफोन १२ मिनी

यो मोडलमा ५.४ इन्जको डिस्पले आउनेछ । कालो, रातो, सेतो तथा नीलो रंगमा यो सेट उपलब्ध हुनेछ । ६४ जिबी देखि १२८ जिबीसम्म स्टोरेज दिइने यो मोडलमा वाइड एंगल तथा अल्ट्रावाइड एंगल क्यामेरा दिइनेछ । यो मोडलको सेट ६९९ डलर मूल्यमा उपलब्ध हुनेछ ।

आइफोन १२

यो मोडलमा आइफोन १२ मिनीमा भन्दा ठूलो स्क्रीन दिइने बताइएको छ । यो मोडलमा ६ इन्जको डिस्पले आउनेछ । कालो, रातो, सेतो, हरियो तथा नीलो रंगमा यो सेट उपलब्ध हुनेछ । ६४ जिबी देखि २५६ जिबीसम्म स्टोरेज दिइने यो मोडलमा वाइड एंगल तथा अल्ट्रावाइड एंगल क्यामेरा दिइनेछ । यो मोडलको सेट ७९९ डलर मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ ।

आइफोन १२ प्रो

यो मोडल आइफोन १२ मिनी र आइफोन १२ भन्दा महँगो हुने बताइएको छ । यो मोडलको अनुमानित मूल्य ९९९ डलर रहेको छ । यो मोडलमा १२८ जिबी देखि ५१२ जिबी सम्मको स्टोरेज क्षमता दिइने अनुमान छ । ६.१ इन्चको स्क्रीन सहित गोल्ड, सिल्भर, ग्राफिटी र नीलो गरी यो सेट चार वटा रंगमा उपलब्ध हुने अनुमान छ । आइफोन १२ प्रोमा वाइड तथा अल्ट्रा वाइड सहित फोर एक्स जुम क्षमता भएको टेलिफोटो क्यामेरा पनि हुने अनुमान छ ।

आइफोन १२ प्रो म्याक्स

यो मोडल ६.७ इन्जको ठूलो डिस्प्ले सहित चारवटा रंगमा उपलब्ध हुने बताइएको छ । गोल्ड, सिल्भर, ग्राफिटी र नीलो रंगमा नै यो सेट उपलब्ध हुनेछ । ५१२ जिबी स्टोरेज रहने यो सेटमा पछाडी ३ वटा क्यामेरा हुनेछन् । यो सेटको सुरूवाती मूल्य १०९९ डलर हुनसक्ने आँकलन छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित