कविता : पाना पल्टाएर

कविता : पाना पल्टाएर
तस्बिर : कवयित्री सर्वानन्दा सरस्वती
www.europenepalikhabar.com २०७९ कार्तिक १५ गते मंगलबार, 1-11-2022


आँसु, हाँसो अनि रोदनका चित्कार

कर्कलामा जमेको थोपा थोपा पानी

बढ्दै छ पाइला,

तर 

पाटी, कन्दराको उद्गार

पल्टाएर हेर्छु त पानाहरु,

शुन्य रहेछ जीवन ।


सफल, हर पलमा सफल

तर 

सारा कालो

बृद्ध, यौवनमा सजिएका फूलका रानी

माटोमा विलिन हुँदैछ ! भैँ रहेछ माथ कालो

पल्टाएर हेर्छु त पानाहरु,

अमानवको मानव, रहेछ जीवन ।


रातका झ्याउँकिरी, दिउँस चरा–बचेरा,

नदी, खोला अनि समुन्द्रका गीतहरु सुसाउँछन्,

शान्त त्यो कैलाश वरिपरिका किनारा,

पल्टाएर हेर्छु फेरी ती पानाहरु,

‘युद्धको नाटक’ रहेछ जीवन ।


प्रभातिय किरणसँगै भन्थेँ हट्छ बादल,

खैँ किन हो ? आलश्यले गाल्दै लगेको छ,

विकासका योजनारुपी चराहरु उड्न छाड्ने गरेको छ !

पल्टाएर हेर्छु फेरी पनि ती पानाहरु,

‘छेऊ न टुप्पो’ भएछ जीवन ।।


सर्वानन्दा सरस्वती

मेलम्ची २, सिन्धुपाल्चोक ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित