शृङ्गारिक गजल

शृङ्गारिक गजल
www.europenepalikhabar.com २०८० माघ १२ गते शुक्रबार, 26-01-2024

 - ममता लैलै 


त्यो शीत ले ढाकेको चिसो झार लाई सम्झन्छु

लडिबुडी मा हराएको मेरो हार लाई सम्झन्छु


म उस्तै तिमी उस्तै ,उस्तै त्यो मौसम पनि 

तिम्रो जिद्दी पनको एकदुई मार लाई सम्झन्छु


हातको स्पर्श अनि लोलाएका तिम्रा आँखा 

त्यस माथि झन त्यो मातको भार लाई सम्झन्छु


चोट लागेपछि निस्कने त्यो खोटो जस्तो आसु

घरिघरि आखाका ती भित्री सार लाई सम्झन्छु


जाडो मौसम र पनि पसिना थियो निधारमा

रुदै कराउदै गरेको दुख पार लाई सम्झन्छु।।


कामजिज्ञासु लेखक

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित