लिस्बन । युरोप स्तरीय 7A साइड फुटबल प्रतियोगितामा भाग लिन एनआरएनए पोर्चुगलको टीम बेल्जियम प्रस्थान गरेको छ । भोलि १८ सेप्टेम्बरमा उद्घाटन हुने प्रतियोगिताका लागि टीम बेल्जियम गएको हो । इन्ट्रोपिएन सहरमा हुने खेल १९ सेप्टेम्बरमा सम्पन्न हुनेछ ।
प्रतियोगितामा युरोपका विभिन्न देशका १६ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
टीमको नेतृत्व एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी र युवा संयोजक प्रकाश अधिकारीले गरेका छन् भने टीम व्यबस्थापकको जिम्मेवारी प्रदीप बुदुजा पुन र प्रशिक्षक प्रदीप मल्लले सम्हालेका छन् ।
एनआरएनए पोर्चुगलको तर्फबाट प्रतियोगितामा भाग लिने खेलाडीहरुमा बिनोद गुरुङ, केशव बुढामगर, विष्णु छन्त्याल, हर्कबहादुर लिम्बू, दिपेश क्षेत्री, बिराज ग्लान, अजयकुमार विके, दिपेन्द्र बशी, संजय गुरुङ, सुर्जेन तामाङ र अनिल पाण्डे रहेका छन् ।
FOUNDER/CHIEF EDITOR :