पोर्चुगल – गैरआवासीय नेपाली संघ (NRNA) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले आगामी २ मार्च २०२५ मा एनआरएनए अल्गार्भ कप २०२५ फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। प्रतियोगिता भिल्ला रियल सान्तोआन्तोनियो /मन्तेगोर्दोमा हुनेछ ।
यो प्रतियोगिता सेभेन ए साईड फुटबल खेलको रूपमा आयोजना गरिंदैछ, जसमा अल्गार्भ क्षेत्रका साथै पोर्तुगलभरका विभिन्न क्लबहरूले सहभागीता जनाउन सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली फुटबल टिमहरूले २०२५ फेब्रुअरी २० को बेलुकी ८ बजेभित्र नाम दर्ता गराउनु पर्नेछ। टिम दर्ता अनलाइन फारममार्फत पनि गर्न सकिने छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले १५१५ युरो नगद र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५५ युरो र ट्रफी हात पार्नेछ। साथै, उत्कृष्ट खेलाडीहरूलाई जनही ५५ युरोको पुरस्कार प्रदान गरिनेछ ।
एनआरएन क्षेत्रिय संघ अल्गार्भका अध्यक्ष विनोद बुढाथोकीले यस प्रतियोगिताले प्रवासमा रहेका नेपालीहरूमाझ सामाजिक एकता र भाइचारालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। प्रतियोगिताको सहजकर्ताको रूपमा समन्वय गरिरहेका विनोद मरासीनीले पनि लामो समयपछि अल्गार्भमा हुन लागेको यस फुटबल प्रतियोगितामा उत्साहपुर्ण सहभागिता हुनेमा आफूहरू विश्वस्त रहेको बताए। साथै उनले प्रवासमा रहेका नेपालीहरूमाझ भाइचारा र मित्रतालाई प्रगाढ बनाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए ।
FOUNDER/CHIEF EDITOR :