स्पेनको अघि फ्रान्स निरीह

स्पेनको अघि फ्रान्स निरीह
www.europenepalikhabar.com २०८१ असार २५ गते मंगलबार, 9-07-2024


पोर्चुगल । स्पेन जर्मनीमा जारी युरो कप फुटबलको फाइनल प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले बलियो टोली फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । स्पेन यस युरो कपमा फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । उपाधि दाबेदार दुई शीर्ष टोली सेमिफाइनलमै भिड्दा स्पेनले फ्रान्सविरुद्ध निर्धारित ९० मिनेटभित्र २–१ को जित निकाल्दै उपाधि नजिक पुग्न सफल भयो । यस युरोमा उत्कृष्ट लयमा रहेको स्पेनले आज पनि आफ्नो स्तरीय प्रदर्शन देखाउन सफल भयो ।

निकै रोमाञ्चक र आक्रामक खेलमा फ्रान्सले खेलमा पहिला अग्रता लिए पनि त्यसपछि स्पेनले मात्रै ३ मिनेटको बीचमा २ गोल गरेपछि खेलको कहानी बदलियो । स्पेनले १ गोलको बदलामा २ गोल गरेपछि फ्रान्स बाँकी समयभरि नै खेलमा फर्किन स्पेन उपाधिको संघारमा पुगेको छ भने फ्रान्सको युरो कप सपना सेमिफाइनलमै समाप्त भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित