एनआरएनए निर्वाचन : मतदाता नामावली प्रकाशित (नामावली सहित)

एनआरएनए निर्वाचन : मतदाता नामावली प्रकाशित (नामावली सहित)
युरोपनेपाली खबर २०७८ मंसीर २० सोमबार, 6-12-202

 

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । (https://drive.google.com/drive/mobile/folders/1LZ0CEwhm4GHcy-KhLG1X4q2JxWdinaIEएनआरएनए मतदाता नामावली  )संघको निर्वाचन समितिले सोमवार ६४ देशका करिब ३३ सय भन्दा बढी प्रतिनिधिको नाम प्रकाशन गरेको हो । निर्वाचन प्रकृया पुरा नगरेका युके, अमेरिका, अष्ट्रेलिया, र जापानका २५ प्रतिशत प्रतिनिधिहरुको नाम भने प्रकाशन गरिएको छैन । संघको विधान अनुरुप निर्वाचन प्रकृया वा आम सहमतिको आधारमा मतदाता नामावली प्रकाशन गर्न नसके पछि ती देशका २५ प्रतिशत प्रतिनिधिहरु महाधिवेशनमा भाग लिन बन्चित भएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलद्धारा जारी सूचना अनुसार क्यानाडा, कोष्टारिका, अमेरिका, जापान, फिलिपिन्स, बेलारुस, साईप्रस, युके, यूएई, र अष्ट्रेलिया सदस्यता शुल्क केन्द्रमा नबुझाउने सूचिमा परेका छन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी पुस ११ र १२ (डिसेम्बर २६ र २७ तारिख) मा निर्वाचन हुनेगरी तालिका सार्वजनिक भइसकेको छ ।

निर्वाचन समितिका अनुसार तोकिएकै मितिमा निर्वाचन हुने छ । मंसिर २० मा मतदाता नामावाली प्रकाशन, २१ मा मतदाता नामावलीउपर दाबीविरोध, २४ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै मंसिर २५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ मा उम्मेदवारविरुद्ध दाबीविरोध, २८ मा उजुरीउपर निर्णय, २९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ मा उम्मेदवारको मनोनयन पत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै पुस ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

संघको १० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सय जनाले आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित