ओमानबाट फर्किएका महिलाहरुको कथा : एनआरएनए र दूतावासले बचायो

ओमानबाट फर्किएका महिलाहरुको कथा : एनआरएनए र दूतावासले बचायो
युरोपनेपाली खबर २०७८ माघ ५ गते बुधबार, 19-01-2022


एजेण्टमार्फत यूएई हुँदै घरेलु कामदारकारुपमा ओमान पुगेका दुई महिला समस्यामा परेपछि नेपाली दूतावास ओमान र गैरआवासीय नेपाली संघले उद्धार गरी स्वदेश फर्काएको छ ।

बर्दियाकी शारदा गुडिया र महोत्तरी बर्दिबासकी चारु थापामगरलाई उद्धार गरी दूतावास र एनआरएनएले स्वदेश फर्काएको हो । ओमानमा घरेलु कामदारकारुपमा मानसिक तथा शारिरिक शोषणमा परेर दूतावासको सेल्टरमा पुगेका उनीहरुलाई एनआरएनएले हवाई टिकट, नेपालमा होटल क्वरेन्टाइन र घरसम्मको यातायात उपलब्ध गराएपछि उनीहरु स्वदेश आउन सकेका हुन् ।

गत चैत्रमा ओमान गएकी बर्दिबासकी थापामगरको पीडा झन दर्दनाक छ । जीवनदेखि नै हार खाएर पटक पटक आत्महत्याको प्रयास गरेकी थापामगर नेपाल दूतावास ओमान नपुगेको भए, आज स्वदेश फर्कन सक्ने थिइनन् । नेपाल फर्किएपछि उनी भन्छिन्–‘नेपाली एम्बेसी र एनआरएन भन्ने संस्थाले मलाई बचाएर स्वदेश ल्यायो ।’

नेपाल दूतावासको सेल्टरमा झण्डै ३ महिना बसेर स्वदेश फर्किएका बर्दियाकी गुडियाको आँशु अझै ओभाएको थिएन । ओमानमा काम गर्ने घरको साहुले दिएको पीडाले उनलाई अहिलेले पनि झस्काइरहेको छ । नेपाल आएपछि अव आफ्नै ठाउँमा इलम गरेर बस्ने तर विदेश कहिल्यै नजाने अठोटमा उनी छिन् । उनी भन्छिन्–‘ विदेशमा रुँदा रुँदा आज स्वदेश आउन सफल भएका छौ, अव विदेशको नाम पनि लिन नपरोस् ।’

झुण्डिएर मर्न खोजेको थिएँ : चारु थापामगर

म ओमान गत चैतमा गएको थिए । ९ \१० महिनामै फर्किए । म भिजिट भिसामा गएको थिए । नेपालको एयरपोर्टबाट नै दुवई भिजिट भिसामा गएर त्यहाँ ५ दिन बसेर ओमान गएको थिए । ओमान पुगेपछि ७ दिन क्वारेन्टाइनमा राख्यो ।

मलाई त्यहाँ शारिरीक र मानसिक यातना दिएर काममा मात्र लगाउथ्यो । म बिरामी हुँदा पनि कराउँने अनि नाटक गरिस् मात्र भन्थ्यो । धेरै साह्रो काम गर्नुपथ्र्यो । काम गरेको नदेख्ने अनि हप्काउने मात्र गर्थे ।

मैले सकेको जति काम गर्दा पनि तलाई मैले २ हजार ओमानी रियालमा किनेर ल्याएको हो भन्थे । तलाई पेटभरी खान बस्न मात्र ल्याएको हो भन्दै पटक पटक कराउँथे । त्यही पनि पैसा आउँछ होला भन्दै सहेर बसिरहेँ । एक दिन काम गर्न नसकेर म अर्को अफिसमा गएँ । त्यहाँ अरबी केटाले कुट्थ्यो अनि फेरि म त्यही घरमा फर्कायो ।

अनि त मलाई त्यो घरमा झन कुट्न पनि थाले । एक दिन त घरको साहुनीले मलाई हात बाँधेर कोठामा थुनेर राखिदिई । एकपल्ट त्यही झुन्डिएर मर्न पनि लागेको थिएँ । मैले मेरो ज्यान माया मारिसकेको थिएँ । जहाँ पनि ओमानी मात्र देख्न थालेँ, साहारा केही देखिन । बाच्न मन पनि लागेको थिएन । तर, एकजना नेपाली दिदिलाई सम्पर्क गरेँ, उहाँले नेपाल एम्बेसीको नम्बर दिनुभयो । मैले साहुनी नभएको बेला मेरा सबै सामान छोडेर रित्तो हात भागेर एम्बेसी पुँगे । एम्बेसीमा ४ महिना बसेर अहिले नेपाल आएको हो ।

जब म एम्बेसीमा आउँदा मलाई आफ्नै घर आएजस्तो लाग्यो । एनआरएनएका सरहरुले राम्रो खान बस्न र टिकट गरिदिनुभयो । सरहरुले केहि नगरेको भए सायद म मरिसक्थे होला, अहिले सरहरुलाई देख्दा आफ्नै दाजुभाइहरुलाई पाएजस्तो लाग्यो ।

एनआरएनएलाई लाखौलाख धन्यवाद भन्न चाहान्छु । भगवानले पनि हेर्नुहोस् वहाँहरुलाई । अब आफ्नै देशमा दुख गरेर काम गर्छु । म विदेश जाँदिन स्वदेशमा नै जस्तो भए पनि गरेर खान्छु ।

मेरो आँशु अझै रोकिएको छैन : शारदा गुडिया

मलाई झापाको सुदिप लामाले कुवेत पठाइदिन्छु भनेर पहिला इन्डिया पठायो । इण्डिया पुगेपछि कुवेत जान नमिल्ने भयो ओमान जाउ भन्यो अनि म ओमान गएँ । ओमान पुगेपछि काम गर्न थालेँ । पहिला ३ बर्ष कुवेतमा काम गरेर फर्किएको भएर मलाई काम गर्न सजिलै थियो ।

पहिलो घरमा काम गर्दासम्म राम्रो थियो तर पछि अफिसले अर्को घर चेञ्ज गरिदियो । अर्को ठाउँमा जाँदा त्यहाँको साहुले राम्रो व्यवहार गर्दैनथ्यो हकाथ्र्यो । त्यहाँ रातदिन पीडा सहनु पथ्र्यो, रातदिन कराउथे । एक दिन त मेरो हात पनि पोलिदियो (डाम नै देखाउँदै) । मैले मानसिक यातना सहनुपथ्र्यो । र, म यहाँ बस्दिन भनेर डेढ महिनाको तलब छोडिदिए ।

त्यसपछि बाटोमा भेटिएको एक जना इन्डियन भाइले नेपाल एम्बेसी पु¥याइदियो । म एम्बेुसीमा ३ महिना भन्दा बढी नै बसे । नेपालमा मेरो परिवारको विजोग भएको थाहा पाएँ । घरमा मेरो भाइको २ वटै किट्नी खराब भएको थियो, मैले रुदै कराउदै भिडियो बनाएँ पनि । अझै ओमानमा म जस्तै दुःख पाएका धेरै दिदिबहिनी हुनुहुन्छ । म नेपाली एम्बेसी र एनआरएनए संस्थाको सहायताले यहासम्म आएँ । उहाँहरुलाई म धेरै धेरै धन्यवाद दिन्छु ।

अब म जे सुकै गरेर भए पनि नेपालमै केहि काम गरेर बस्छु । विदेश जान्न । ऋण तिर्न पाइन त्यति हो । अब जे गरेर भएपनि नेपालमै बसेर ऋण तिर्छु । मुक्ति कमैयाबाट पाएको जग्गा छ त्यही जग्गामा खेति किसानी गर्छु । जसरी भएपनि बच्चा पाल्ने आँट छ अझै । नेपाल आउन पाएर एकदमै खुशी छु । एनआरएनएले घरसम्म जाने पनि टिकटको व्यवस्था गर्नुभयो । यहाँ होटलमा क्वारेन्टाइनमा बस्नका लागि राम्रो व्यवस्था छ । म उहाँहरुलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु ।

अब म पनि विदेश जान्न छोरालाई पनि पठाउँदिन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: [email protected]
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित