पोर्चुगलमा 7A साइड नेपाली लिग फुटबल सुरु, नेप्जुम ए को सानदार विजयी सुरुवात

पोर्चुगलमा 7A साइड  नेपाली लिग फुटबल सुरु, नेप्जुम ए को सानदार विजयी सुरुवात
www.europenepalikhabar.com २०७९ साउन ३० गते सोमबार, 15-08-2022


लिस्बन, पोर्चुगल, १५ अगस्ट । पोर्चुगलको राजधानी लिस्वनमा नेपाली युवा खेलाडीहरु संलग्न 7A साइड  नेपाली लिग फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितालाई  Nepalese Friendship League 2022 नाम दिइएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले आज बिहान ओलाइस फुटबल ग्राउन्डमा प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए  ।

पोर्चुगलमा स्थापित ११ वटा नेपाली  फुटबल क्लब सहभागी रहेको उक्त लिग फुटबल प्रतियोगिताको आजको खेलमा नेप्जुम ए फुटबल क्लबले धरान फुटबल क्लबलाई ९-१  गोलको विशाल अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । 

प्रतियोगिताले पोर्चुगलमा रहेका फुटबलप्रेमी खेलाडी, दर्शक तथा सुवेच्छुकहरुलाई उत्साहित बनाएको प्रतियोगिताको संयोजन र व्यवस्थापन गरिरहेका कबिन मल्लले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित