फिनल्याण्डको भलिबलमा अष्ट्रियाको सहभागिता

फिनल्याण्डको भलिबलमा अष्ट्रियाको सहभागिता
www.europenepalikhabar.com २०८१ बैशाख २८ गते शुक्रबार, 10-05-2024


बाबा राजेश्वरी थापा, भियना । स्पोर्ट क्लब हेलसिन्की फिनल्याण्डले  मे ११, २०२४ मा युरोप स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दैछ,  जसमा सहभागी हुन अष्ट्रियाका  दुइ सशक्त भलिबल टिम प्रस्थान गरेको छ।  नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रीयाको पहलमा  नेपाली भलिबल प्रतियोगितामा भाग लिनको  लागि संस्थाका अध्यक्ष तुल बहादुर गुरुङ ( खेलाडीहरु लिएर आज हेलसिन्की प्रस्थान गरेका छन्।  यस  टिम क्याप्टेन किरण लाल श्रेष्ठ रहेको र  खेलाडीहरु गणेश थापा,  रिम बहादुर खड्का (रमेश) बिकाश बि क,   खिम बहादुर कार्की, लोक बहादुर श्रेष्ठ, थर भण्डारी, किरण बहादुर भण्डारी,  रोशन घिसिङ्ग र (टिम म्यानेजर) भुपेन्द्र गुरुङ  रहेका छन्।  

त्यसै गरी यस भलिबल प्रतियोगितामा सहभागी हुन अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) पनि प्रस्थान गरेको छ।  एनईएससीका तर्फबाट अञ्जन अधिकारीको कप्तान रहेका छन् भने खेलाडीहरुमा  ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, पासाङ निमा शेर्पा (म्याजेजर) सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईं, विकास विक, रोहित विश्वकर्मा, नारायण कार्की, अमृत तिवारी रहेको  एनईएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । एनईएससी सल्लाहकार संयोजकमा रुपमा एनआरएन अष्ट्रियाका निवर्तनमान आइसिसि सदस्य विकास कार्की र डा. किशोर कमल पनि फिनल्याण्ड प्रस्थान गरेका छन्।  

आफ्ना उत्कृष्ट खेलाडीहरु सहभागी भएको यस भलिबल प्रतियोगितामा खेलाडीहरुको मनोबल बढाउन जनजाती महासंघ अष्ट्रियाका   पुर्व अध्यक्ष  नबिन गुरुङ,  एनआरएन अष्ट्रीयाका अध्यक्ष  धुर्व पौडेल, महासचिव डाइमण्ड राई,  आइसीसी सदस्य मनोज बिस्ट पनि खेलाडी टोलीका साथ फिनल्याण्ड प्रस्थान गरेका छन्।  आफु सहभागी हुन नपाए पनि खेलकुदले स्वास्थ्य मात्र नभई सामजिक सद्भावको बिकाश हुने र सामाजिक एकता समेत कायम गर्नेमा विश्वस्त रहेको भनाइ राख्दै एनआरएन अष्ट्रियाका पूर्व युवा संयोजक तथा फिस्टेल सुपरमार्केटका प्रोप्राइटर दिनेश बैदवार क्षेत्री  अष्ट्रियाबाट सहभागी दुवै टिमलाई विजयको शुभकामना दिए भने हिमालयन सुपर मार्केटका  प्रोप्राइटर  गोपाल बाबु श्रेष्ठले जितहार खेलको नियम रहेको भएपनि अष्ट्रियाबाट सहभागी दुवै टिमको विजयमा आफु विश्वस्त रहेको बताए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित