एनआरएनए टोली र महिला बालबालिका मन्त्री उमा रेग्मीबीच भेटघाट

एनआरएनए टोली र महिला बालबालिका मन्त्री उमा रेग्मीबीच भेटघाट
२०७९ असोज २७ गते बिहीबार, 13-10-2022


गैरआवासीय नेपाली संघ अन्तरर्गतको महिला विभागले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीसंग छलफल गरेको छ।

गैरआवासीय नेपाली संघकी उपाध्यक्ष यासमीन वेगमका अनुसार संघको एक प्रतिनिधि मण्डलले विहिवार मन्त्री रेग्मीसंग भेटघाट गरेको हो ।

भेटमा गैरआवासीय नेपाली संघले सुरु गर्न लागेको छात्रबृद्धि लागु गर्ने बारे छलफल भएको थियो ।

प्रतिनिधि मण्डलमा संघकी सचिब टिका गुरुङ, एनआरएनए अभियान्ता राजू सैयद समेत सहभागी थिए ।

मन्त्री रेग्मीले नेपाल सरकार र संघबीच सहकार्य र समन्वय गरेर काम गर्न आफु तयार रहेको बताएकी थिइन् ।

भेटमा गैरआवासीय नेपाली संघ र मन्त्रालयबीच एक सम्झदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने विषयमा सहमति भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित