नवौँ राष्ट्रिय खेलकुद एनआरएनएबाट १६ खेलमा ११६ जना खेलाडी सहभागी हुँदै मार्च पास

नवौँ राष्ट्रिय खेलकुद एनआरएनएबाट १६ खेलमा ११६ जना खेलाडी सहभागी हुँदै मार्च पास
www.europenepalikhabar.com २०७९ असोज २८ गते शुक्रबार, 14-10-2022


पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ । खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमबाट १६ खेलमा ११६ जना खेलाडीहरुले भाग लिएका छन् । एनआरएनएका विभिन्न ११ राष्ट्रिय परिषदबाट प्रतियोगितामा सहभागिता छ । प्रतियोगितामा सर्वाधिक नेपाली सेनाले ७७३ जना खेलाडीलाई मैदानमा उतारेको छ ।

नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि क्रिकेट, ह्यान्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिपर्धा यसअघि नै सुरु भइसकेको छ । पहिलो स्वर्णको फैसला भएको एक महिना बित्न लाग्यो । कीर्तिपुर मैदान (काठमाडौं) मा भएको पुरुष क्रिकेटको फाइनलमा आर्मीलाई हराएर पुलिसले नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण हात पारेको थियो । नेपाल क्रिकेट संघले नेपाल टी–२० लिग आयोजना गर्ने भन्दै प्रतियोगिता अगाडि सार्न राखेपसँग आग्रह गरेपछि पुरुष क्रिकेट राजधानीमै सञ्चालन गरिएको थियो, जुन भदौरे झरीसँगै सम्पन्न भएको थियो ।

सुटिङ रेन्जको अभावमा सुटिङको प्रतिस्पर्धा सातदोबाटो मा हुदै छ । बाँकी ३४ खेल गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन हुँदै छन् । यो अवसरबाट मनाङ, मुस्ताङ र लमजुङ छुटेका छन् । कास्की, नवलपुर, तनहु, गोरखा, म्याग्दी, स्याङ्जा, पर्वत र बागलुङले प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएका छन् । अधिकांश खेल पोखरा रंगशाला परिसरमा हुनेछन् । पौडी सर्ट कोर्समा हुँदै छ भने भलिबललगायत केही इन्डोर ९हलभित्र खेल्नुपर्ने० खेल खुला आकाशमै आयोजना गरिँदै छ । पोसाक वितरण, खेल सामग्रीको अभाव, खेल र होटल व्यवस्थापनको चर्को चुनौती राखेपले बेहोरिरहेको छ ।

काठमाडौंबाट २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको थियो । सुरुआतको ४१ वर्ष हुँदासम्म बल्ल नवौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । सुरुमा १४ अञ्चलका टिम सहभागी थिए । त्यसपछि २०५५ सालमा ५ विकास क्षेत्र र २ विभागीय टिम ९आर्मी र पुलिस० को टिम बन्यो । पाँचौं संस्करण ९२०६५० मा माओवादीको पीएलए र एपीएफ थपिए, नौ टिम बन्यो । यसैमा राजनीति घुस्यो र पीएलए ल्याएको विरोधमा आर्मीले प्रतियोगिता नै छाड्यो ।

आर्मीले अर्को संस्करण ९२०६८० पनि खेलेन, जहाँ विश्वविद्यालय नयाँ टिम बन्यो । सातौं ९२०७३० मा आएर पीएलए र विश्वविद्यालय बाहिरिएसँगै आर्मी प्रतियोगितामा फर्कियो । पुनरागमनमा आर्मीले सर्वाधिक स्वर्ण जित्यो । आठौं ९२०७६० मा आएर फेरि संरचना फेरियो । सात प्रदेश, तीन विभागीय टिम र नवप्रवेशी गैरनेपाली आवासीय संघ ९एनआरएनए० गरी ११ टिमले खेल्यो ।

फेरि आर्मीले सबभन्दा बढी स्वर्ण कब्जा गर्‍यो । यसपालि आर्मी शीर्षस्थानमा ह्याट्रिक गर्ने योजनामा छ भने प्रदेशले विभागीय टिमको वर्चस्वलाई केही कमजोर पार्ने प्रयास गर्नेछन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित