एनआरएनए यूकेको विशेष अधिवेशनबाट अध्यक्षमा खड्का सर्वसम्मत चयन

एनआरएनए यूकेको विशेष अधिवेशनबाट अध्यक्षमा खड्का सर्वसम्मत चयन
www.europenepalikhabar.com २०७९ कार्तिक १ गते मंगलबार, 18-10-2022


गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा सुनिलबाबु खड्का सर्वसम्मत चयन भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको मंगलवार लण्डनमा सम्पन्न विशेष अधिवेशनले उनलाई आगामी जुलाई महिनासम्मको लागि अध्यक्ष पदमा सर्वसम्मतले चयन गरेको हो ।

यसअघि संघका अध्यक्ष प्रेम गाहामगरलाई गैरआवासीय नेपाली संघ केन्द्रले बर्खास्त गरे पछि उक्त पद रिक्त थियो । खड्का यस अघि संघको उपाध्यक्ष थिए । खड्का अध्यक्ष भए पछि रिक्त उपाध्यक्ष पदमा एनआरएनए यूकेका इंल्याण्ड राज्य परिषदका  पुर्व अध्यक्ष दीपक श्रेष्ठलाई सर्वसम्मतले सो जिम्मेवारी दिइएको छ ।

 साधारणसभाले रिक्त कार्यसमितिको सदस्यहरुमा हेनचन शेरचन, तिलक भट्टराई र समिर भट्टराईलाई मनोनित भएका छन् ।

महाधिवेशनले संघको आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । महाधिवेशनमा संघको केन्द्रीय पदाधिकारी लगायत संघका सदस्यहरुको बाक्लो उपस्थिति थियो ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित