ओमानमा नेपालीको वाकाथन

ओमानमा नेपालीको वाकाथन
www.europenepalikhabar.com २०७९ मंसीर १० गते शनिबार, 26-11-2022


ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्थाहरू मिलेर आज २०७९ मंसिर ०९ गते (२५ नोभेम्बर २०२२) शुक्रवार एक वाकाथन कार्यक्रम आयोजना गरियो। 

वाकाथन कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षणहरू प्रदर्शन गरिएको थियो। पञ्चेबाजा बजाउने बाद्यकहरू नेपाली दौरा शुरूवाल सहितको राष्ट्रिय पोसाकमा सजिनु भएको थियो भने तामाङ्, गुरूङ् र मगर समुदायले आफ्नो परम्परागत भेषभुषा तथा झाँकी प्रदर्शन गर्नु भएको थियो। साथै कार्यक्रममा सहभागी अन्यले Long Live Nepal-Oman Relations लेखिएको र नेपाल र ओमानको झण्डा अंकित नेपाल र ओमानको झण्डा कै रंगमा बनाईएको विशेष टिसर्ट लगाउएका थिए।

कार्यक्रम नेपाली राजदूतावास नजिकबाट शुरू भएर नजिकैको समुन्द्री किनार हुँदै करिब ३ कि.मि. अगाडि रहेको परराष्ट्र मन्त्रालय अगाडि रहेको खुल्ला स्थान अगाडि गएर टुंगिएको थियो। शुक्रबार सार्वजनिक विदाको दिन भएकोले समुन्द्री किनारमा मानिसहरूको भिडभाड रहेको थियो भने बाटोमा पनि धेरै मानिसहरूले चाख लिएर हेरिरहेका थिए। सहभागिताकालागि वाकाथनको रूटमा पर्ने समुन्द्री किनार वासपासका करिब १५ वटा रेस्टुरेन्टहरू तथा त्यहाँ उपस्थित ग्राहकहरूलाई सहभागी हुन अनुरोध गरिएकोमा उल्लेख्य सहभागिता रहेको थियो विशेष गरी पाँचतारे होटल इन्टरकन्टिनेन्टल र W होटलबाट समेत पाहुनाहरू सहभागी भएका थिए। 

राजदूत अर्यालले कार्यक्रमको अन्त्यमा ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओमानका महाराजा सुल्तान हाइथाम बिन तारिकको सुस्वास्थ्य एवम् दिर्घायुको कामना तथा ओमानी नागरिकहरूको सुख, शान्ति एवम् सम्बृद्धिको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।  साथै उहाँले कार्यक्रका सहभागीहरू, ओमानस्थित सम्पूर्ण संघसंस्थाहरू, आयोजक समिति, यसमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो।

ओमानमा नेपाली समुदायले पहिलो पटक आयोजना गरेको यस प्रकृतिको कार्यक्रममा आमन्त्रित पत्रकार तथा अन्य सहभागीहरू, महामहिम राजदूत लगायत सम्पूर्ण दूतावास परिवार तथा ‌ओमानस्थित नेपाली संघसंस्थाका पदाधिकारी एवम् ओमानमा बस्ने नेपालीहरू गरी करिब ४०० सहभागीको उपस्थिति रहेको थियो। कार्यक्रममा ओमान प्रहरीले स्कर्टिङ गरेको थियो भने आपतकालीन अवस्थाको लागि बदर अल समा अस्पतालको सहयोगमा एउटा एम्बुलेन्स उपलब्ध गराइएको थियो।

Press Release

On the occasion of the 52nd National Day of Oman, Embassy of Nepal, Nepali Social Club and Nepali Community/Organisations in Oman organized a “Walkathon” on Friday, 25 November 2022. The Walkathon began from nearby the Embassy of Nepal and walked almost 3 K.M. along the Qurum beach.  Nepali Traditional Musical Band Panche Baja was played  and  people with different Nepali traditional dresses  performed the dances/Jhanki. Other participants of the Walkathon wore a T-shirts designed in flag colour of two countries with cross flag of Nepal the Sultanate of Oman  and with “Long Live Nepal-Oman Relations”.

Program was witnessed by guests in nearby restaurants and hotels in the beach and other public present in the beach.

At the end of Walkathon, Ambassador Aryal extended thanks to Nepali Organizations, Organizing Committee, Media persons, Oman Police, Participates and all supporters.  

On this occasion, Ambassador Aryal extended best wishes for good health and happiness of His Majesty Sultan Haitham bin Tarik, as well as continued peace, progress, and prosperity of the people of the Sultanate of Oman. More than 400 people took part in the programme. Badr Al sama Hospital provided an ambulance in case of emergency and Oman Police provided escorting and security services during the programme.

Embassy of Nepal

Muscat, Oman

Friday, 25 November 2022

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित