किराँत याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौं अधिवेशन सम्पन्न, रुकमान केरुङ लिम्बूको अध्यक्षमा नयाँ कार्यसमिति, साँस्कृतिक कार्यक्रमसहित भव्य घोषणा सभा

किराँत याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौं अधिवेशन सम्पन्न, रुकमान केरुङ लिम्बूको अध्यक्षमा नयाँ कार्यसमिति, साँस्कृतिक कार्यक्रमसहित भव्य घोषणा सभा
www.europenepalikhabar.com २०८१ साउन ८ गते मंगलबार, 23-07-2024


युरोपनेपाली खबर, लिस्बन । किराँत याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौं अधिवेशन सम्पन्न भएको छ । जुलाई २२ तारिख सोमबार लिस्बनमा आयोजित सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रम सहितको भव्य घोषणा सभामा रुकमान केरुङ लिम्बूको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको जानकारी दिइयो ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरको प्रमुख आतिथ्यमा भएको सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रम तथा घोषणा सभामा निर्वाचन समितिका संयोजक रोबोट लिम्बूले सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेका थिए । कार्यक्रम गीत, संगीत र नृत्यको साँस्कृतिक माहोलले भव्य र रमाइलो बनेको थियो ।

किरात याक्थुङ चुम्लुङ पोर्चुगलका कार्यबाहक अध्यक्ष राजकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरले दिप प्रज्ज्वलन गरि उद्घाटन गरेका थिए । कियाचु पोर्चुगल पाचौं अधिबेशन निर्वाचन संयोजक रोबर्ट लिम्बू, एनआरएन पोर्चुगल अध्यक्ष उमेश खड्का, आइसिसी सदस्य राजकुमार थापा, जनसम्पर्क समिती अध्यक्ष युवराज पन्थी, प्रवासी नेपाली जनसम्पर्क मन्च अध्यक्ष दिपक खत्री, कियाचु पुर्व अध्यक्ष दीपा लिम्बू, नेपिलिज वोमेन एसोसिएसन अध्यक्ष शान्ति अर्याल, मगर संघ अध्यक्ष कमल मगर, पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल लगायतले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए ।

आफ्नो मौलिक संस्कृति झल्किने नृत्य, गायन प्रस्तुति सहित सम्पन्न कार्यक्रममा डिनरको समेत ब्यवस्था गरिएको थियो । गायिका मिजिरा लिम्बू  र गायक पल लिम्बूले साङ्गितिक प्रस्तुति सहित पूर्ण मनोरञ्जन गराए । कार्यक्रमको सहजीकरण संचालन प्रेम लिम्बूले गर्नु भएको थियो भने रुकमान केरुङले स्वागत मन्तब्य राख्नु भएको थियो । पोर्तुगलमा लिम्बू समुदायको उपस्थिति उल्लेख वृद्दी भएसङै सन् २०१४ मा किरात याक्थुङ चुम्लुङ सामाजिक संस्था गठन गरी लिम्बूहरू विच पारस्परिक एकता, संस्कार, संस्कृतिको जगेर्ना, पौरवी तथा पुस्तान्तरण आदिमा पहलकदमी गर्दै आइरहेको छ । कियाचु पोर्तुगलले स्थापना कालदेखि नै प्रत्येक साल विभिन्न चाडपर्वहरूको अवसरमा कार्यक्रमहरू गर्दै आइरहेको छ ।

नवनिर्वाचित कार्यसमिति (२०२४-२६) :

अध्यक्ष - रुकमान केरुङ, उपाध्यक्ष - ज्ञानु केदेम लिम्बू, उपाध्यक्ष - योगिता चोङबाङ, महासचिव - राजकुमार खजुम, सचिव - रक्षा लिम्बू, कोषाध्यक्ष - गङ्गा थेबे, सहकोषाध्यक्ष - उमेश इधिङगो, सदस्यहरु - दिनेश लिम्बु, शान्ती आङ्देम्बे, धनसिङ लिम्बू, बिकाश थेगिम, सोहन लिम्बू, सुरेश लिम्बू, अभिशेक लिम्बू, प्रेम अङ्बो रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित