नेपाली दूतावास अष्ट्रीया र प्रवासी मंच बीच अन्तर्क्रिया

नेपाली दूतावास अष्ट्रीया र प्रवासी मंच बीच अन्तर्क्रिया
www.europenepalikhabar.com २०८१ साउन १ गते मंगलबार, 16-07-2024


भियना–अष्ट्रीया । प्रवासी नेपाली मंच राष्ट्रीय कमिटी अष्ट्रीयाको नवनिर्वाचित कमिटी र नेपाली दुतावास भियना बीच आपसी सहअस्तित्वको आधारमा सहकार्य गर्दै अघी बढ्ने बारे छलफल भएको छ । केही हप्ता अघि ७औ अधिबेशनबाट निर्वाचित कमिटीलाई नेपाली दुताबास भियनामा स्वागत गर्नु हुंदै अष्ट्रीयाको लागी नेपाली राजदुत महामहिम भरत कुमार रेग्मीले नेपालको प्रबर्धन, अष्ट्रीया निवासी नेपालीहरुको हक हित र सरोकारको बिषयमा एक आपसमा मिलेर काम गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । प्रवासी नेपाली मंच अष्ट्रीयाकी अध्यक्ष बाबा राजेश्वरी  थापाको नेतृत्व दुतावास गएको एक प्रतिनिधी मंण्डलले गत २३ जुन मा सम्पन्न राष्ट्रीय अधिवेशनबाट निर्वाचित कमिटी, यसको प्रारम्भिक कार्यभार, अल्पकालिन र दिर्घकालिन योजनाहरुको बारेमा महामहिम लगायत दुतावास परिवारलाई जानकारि गराउनु भएको थियो । 

छलफलको अवसरमा नेपालमा पर्यटन प्रवर्धन, अष्ट्रीया– नेपाल बीच पारस्पारिक सहयोग, भगिनी संम्बन्ध, द्धिपक्षिय र बहुपक्षिय सम्बन्धको बिषयमा के कसरी साझा प्रयासहरु गर्न सकिन्छ भन्ने बारे व्यापक  छलफल भएको थियो । गत २०१८ मा मात्र स्थपना भएको नेपाली दुतावास भियना छोटो सयमै सकृय र राम्रो काम गर्ने दुताबासहरु मध्यमा पर्दछ। 

छलफलको क्रममा उपनियोग प्रमुख ईला मैनाली तथा प्रवासी नेपाली मंचका अध्यक्ष थापा लगायत उपाध्यक्ष दिनेश बैदावार क्षेत्री, सचिव  कृष्ण कुमार श्रेष्ठ, सल्लाहकार झबिन्द्र अर्याल, सदस्यहरु अनिता श्रेष्ठ लगायतको  सहभागीता रहेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित