अर्जेन्टिनाका लागि अल्भारेज कसरी बन्दैछन् मुख्य खेलाडी ?

अर्जेन्टिनाका लागि अल्भारेज  कसरी  बन्दैछन् मुख्य खेलाडी ?
www.europenepalikhabar.com २०७९ पुष १ गते शुक्रबार, 16-12-2022


युरोप ।  क्रोएसियाविरुद्ध २ गोल गर्दै टिमलाई विश्वकपको फाइनलमा पुर्‍याएपछि अर्जेन्टिनी सुपरस्टार कप्तान लियोनल मेस्सीले आफ्ना २२ वर्षीय स्ट्राइकर जुलियन अल्भारेजलाई ‘अद्भुत’ र ‘असाधारण’ भनेका थिए ।

म्यानचेष्टर सिटीबाट प्रिमियर लिग खेल्ने अल्भारेजले विश्वकपमा चार गोल गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्ने मेसी र केलिएन एमबाप्पेभन्दा एक गोलले पछि छन् ।

अर्जेन्टिनाले सन् १९८६ मा पछिल्लो पटक विश्वकप जितेको थियो । ३६ वर्षपछि विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना आइतबार फ्रान्ससँग खेल्दैछ ।

‘कसैले पनि सोचेका थिएनन् कि अल्भारेजले खेल्नेछन् र उनको भूमिका यति महत्वपूर्ण छ भनेर,’ मेस्सीले भने, ‘जुन सहयोग उनले हामीलाई दिएका छन्, त्यो साँच्चै अद्भूत छ ।

आफ्नो अन्तिम विश्वकप भनेर खेलिरहेका ३५ वर्षीय मेस्सी कतारमा उत्कृष्ट प्रदर्शन गर्दै समाचारको हेडलाइनमा हावी बनिरहेका छन् ।

उनले जारी विश्वकपमा अर्जेन्टिनाले गरेको १२ मध्ये ५ गोल गर्नुका साथै ३ असिस्ट समेत गरेका छन् । अल्भारेजको योगदानलाई पनि सहयोग गरिरहेका छन् ।

युवा स्ट्राइकरले यस विश्वकपमा अर्जेन्टिनाका लागि प्रमुख रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको थिएन ।

उनले साउदी अरेबियासँगको हार र मेक्सिकोमाथिको जितमा मात्र वैकल्पिक खेलाडीको रुपमा उपस्थिति देखाए । प्रशिक्षक लियोनेल स्कालोनीले सुरुमा इन्टर मिलानका लाउटारो मार्टिनेजलाई प्राथमिकता दिएका थिए ।

त्यसपछि अल्भारेजले चार खेलमा सुरुवाती रोजाईमा खेले । सेमिफाइनलमा क्रोएसिया विरुद्ध ३(० को जितमा अल्भारेजले आफ्नो प्रभावशाली प्रदर्शन गरे । उनलाई फल पछि मेसीले पेनाल्टीमा गोल गरे । त्यसपछि अल्भारेजआफैंले बाँकी दुई गोल गरे ।

‘पूरै विश्वकपमा, तर मंगलबार पनि उनी असाधारण थिए,’ मेस्सीले थपे, ‘उनले सबै काम गरे । अवसरहरू सिर्जना गर्नेदेखि सबै कुराको लागि लडे । हाम्रो लागि उनी अचम्मको खोज हुन् । उनी यो सफलताका हकदार छन् किनभने उनी एक मायालु केटा हुन् ।’

‘मेसीः डन्ट रन, म तिम्रो लागि गर्छु’

म्यानचेष्टर सिटीले गत जनवरीमा रिभर प्लेटबाट अल्भारेजलाई १४.१ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । उनले सिटीसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् । जुलाईसम्म अर्जेन्टिनी च्याम्पियन टिममै लोनमा बसे ।

यस सिजन उनले प्रिमियर लिगमा १२ खेल खेल्दै ३ गोल गरेका छन् । अधिकांश खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

अर्जेन्टिना र सिटीका पूर्व डिफेण्डर पाब्लो जाबालेटाले अल्भारेजको मिहिनेत अविश्वसनीय रहेको बीबीसँग बताएका छन् ।

‘उनी अगाडि लियोनेल मेस्सीसँगै खेलिरहेका छन् र बाहिरबाट हेर्दा यस्तो देखिन्छ, ‘मेस्सीः डन्ट रन, म तिम्रो लागि गर्छु,’ उनले थपे, ‘उनले विश्वकपमा बेन्चबाट सुरु गरे पनि पाएका मौका उपयोग गरी उत्कृष्ट बने । तपाईंलाई ठूलो हृदय चाहिन्छ त्यो गर्नको लागि ।’

इङ्ल्यान्डका पूर्व मिडफिल्डर जर्मेन जेनासले भने, ‘यति सानै उमेरमा, यो स्टेजमा आउनु र आफ्नो देशको लागि त्यो क्षणमा यस्तो प्रकारको प्रदर्शन गर्नु – अविश्वसनीय छ ।’

कतारमा अल्भारेजको प्रदर्शनले म्यानचेस्टर सिटीका फ्यानहरूलाई समेत उत्सहित पारेको छ ।

उनले अर्जेन्टिनाका लागि ८ अन्तर्राष्ट्रिय खेलमा सात गोल गरेका छन् । उनी २०१० मा गोन्जालो हिगुइनपछि २२ वर्ष वा कम उमेरमा विश्वकपमा चार गोल गर्ने दोस्रो अर्जेन्टिनी खेलाडी बनेका छन् ।

उनी सन् १९५८ मा फ्रान्सलाई ५–२ ले पराजित गर्दा ब्राजिलका महान पेलेको ह्याट्रिकपछि विश्वकपको सेमिफाइनलमा एकभन्दा बढी गोल गर्ने कान्छो खेलाडी बनेका थिए ।

बीबीसीबाट अनुदित


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित