प्रेरकवक्ता साइग्रेस पोखरेल उर्जाशील जीवनकालागि सकारात्मक सन्देश प्रवाह गर्न पोर्चुगल आउने

प्रेरकवक्ता साइग्रेस पोखरेल उर्जाशील जीवनकालागि सकारात्मक सन्देश प्रवाह गर्न पोर्चुगल आउने
www.europenepalikhabar.com २०७९ पुष ३० गते शनिबार, 14-01-2023


युरोपनेपाली खबर ।

चक्र गुरुङ, लिस्बन ।  गैरआवासीय नेपाली संघ, पोर्चुगलले उर्जाशील तथा सकरात्मक सन्देशमूलक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आगामी जनवरी २२ मा जम्बुजिरा र २३ मा लिस्बनमा हुने कार्यक्रममा चर्चित कथावाचक तथा प्रेरकवक्ता (Motivational Speaker & Story Teller) साइग्रेस पोखरेलको प्रस्तुति रहने छ । पोखरेलले यसअघि युरोपको माल्टा, बेल्जियम, स्पेन, स्वीडेन लगायतका मुलुकहरुमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् । 

पोर्चुगलमा नेपाली समूदायको वृध्दिसँगै सामाजिक र मानसिक समस्याहरु पनि बढ्दै गएकोले उनीहरुमा सकरात्मक सोचाइको विकास गर्न र उर्जाशील जीवन, सफल, प्रेरणादायी एवं अर्थपूर्ण भविष्यका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले जानकारी दिए ।

हेर्नुहोस् उनको कार्यक्रमको बिस्तृत विवरण :

विषय :  कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध ।

आदरणीय पोर्चुगलबासी दिदीबहिनी तथा दाजुभाइहरु,

सादर नमस्कार !

पोर्चुगलमा नेपालीहरुको निरन्तर बढ्दो आगमन र उपस्थिति संगै समुदायमा भौतिक, मानसिक लगायतका अनेकौं खालका समस्याहरु पनि दिनहुँ वृद्धि हुँदै गइरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै व्यक्ति, समुह र समुदायमा उत्साह र उर्जाशील जीवन, सफल, प्रेरणादायी एवं अर्थपूर्ण भविष्यका लागि सकारात्मक उर्जा भर्न र असल सन्देश प्रवाह गर्ने हेतुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, पोर्चुगल (NRNA-NCC, PORTUGAL) को आयोजनामा चर्चित, उर्जाशील र प्रेरक वक्ता (Motivational Speaker & Story Teller ) Saigrace Pokharel साइग्रेस पोखरेलको  उपस्थितिमा विशाल सहभागिता सहितको उर्जामय र सकारात्मक सन्देशमूलक (Motivational Programme) कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रमको मिति, समय र स्थान :

लिस्बन :

मिति :  २३ जनवरी २०२३, सोमबार ।

समय  : दिनको ३:०० बजे 

स्थान  :  Alameda Mahatma Gandhi 

           1600-500, Lisbon                                (राधाकृष्ण मन्दिर ) 

जम्बुजेइरा : Zambujeira Do Mar

मिति  : २२ जनवरी २०२३, आइतबार  ।

समय  : दिनको ३:०० बजे ।

स्थान :   Sala de Zambujeira Do Mar

धन्यवाद !

- गैरआवासीय नेपाली संघ (NRNA-NCC, Portugal), पोर्चुगल ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित