अष्ट्रेलियाको मेलवर्नमा कालिका फुटबल क्लब गठन, अध्यक्षमा सुमित शेरचन

अष्ट्रेलियाको मेलवर्नमा कालिका फुटबल क्लब गठन, अध्यक्षमा सुमित शेरचन
www.europenepalikhabar.com २०७९ माघ १२ गते बिहीबार, 26-01-2023


युरोप । अष्ट्रेलियाको मेलवर्नमा सुमित शेरचनको अध्यक्षतामा कालिका फुटबल क्लब गठन भएको छ । २० जनवरी २०२३ मा शिशिर चापागाईंको संयोजकत्वमा भएको एक भेलाले कार्यसमिति निर्माण गरेको हो ।

शेरचनको अध्यक्षमा गठित क्लबले २१ जनवरीका दिन रोमी श्रेष्ठको प्रमुख आतिथ्यता र एनआरएनए भिक्टोरियाका सदस्य एवं लोकदोहोरी प्रतिष्ठान नेपाल भिक्टोरिया, अष्ट्रेलिया उपशाखाका अध्यक्ष  छवि सापकोटाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा आफ्नो क्लबको जर्सी  रिभिल गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन क्लबका सचिव शिशिर चापागाईले गरेका थिए भने सदस्य विजय थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा टुर्नामेन्ट म्यानेजर विजय खड्काले खेल अनुशासन र नियमबारे प्रशिक्षण दिएका थिए । विशिष्ट अतिथि छवि सापकोटाले क्लबको उज्ज्वल भविष्य तथा कार्यसमिति र खेलाडीहरुलाइ बधाई र शुभकामना दिएका थिए साथै प्रमुख अतिथि रोमी श्रेष्ठले पनि शुभकामना दिएका थिए ।

३१ जना संस्थापक सदस्यहरु रहेको कालिका फुटबल क्लबको कार्यसमिति निम्न बमोजिम रहेको छ :

अध्यक्ष : सुमित शेरचन 

सचिव : शिशिर चापागाईं

कोषाध्यक्ष : सफल रोका

सदस्यहरु : दिपेश केसी,सुजन मगर, प्रविन राना मगर, द्रुकप्रसाद शेरचन,अमित गुरुङ र विजय थापा रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित