मेसी फिफा अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित

मेसी  फिफा अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित
www.europenepalikhabar.com २०७९ फागुन १६ गते मंगलबार, 28-02-2023


एजेन्सी, पेरिस — अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारे ।

कतारमा भएको विश्वकप जित्ने क्रममा अर्जेन्टिनाका कप्तान रहेका मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए । महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास वर्षका उत्कृष्ट खेलाडी घोषित भइन् ।

दोस्रोपल्ट अवार्ड जितेपछि मेसीले भने, ‘यो अद्वितीय रह्यो । यो वर्ष निकै सुखद् रह्यो । अवार्ड प्राप्त गर्नु मेरो लागि गर्वको उपलब्धि हो । मेरा साथी खेलाडी बिना यो सम्भव थिएन ।’

उनले थपेका छन्, ‘मैले लामो समयदेखि जुन सपना देखेको थिएँ, त्यो पूरा भएको छ । धेरै कमले मात्र यस्तो सपना पूरा भएको देख्न सक्छ, त्यसैले म निकै भाग्यमानी पनि छु ।’ विश्वकप विजेता अर्जेन्टिनाका लियोनल स्कालोनी वर्षका उत्कृष्ट प्रशिक्षक चुनिए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित