पोर्चुगलको राष्ट्रिय टोलीमा रोनाल्डो, अब यस्तो बन्नेछ टोली

पोर्चुगलको राष्ट्रिय टोलीमा रोनाल्डो, अब यस्तो बन्नेछ टोली
www.europenepalikhabar.com २०७९ चैत ४ गते शनिबार, 18-03-2023


नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको टोलीमा समावेश गरेका छन् ।

युरोकप २०२४ को छनोटको समूह ‘जे’ मा रहेको पोर्चुगलले यो महिना दुई छनोट खेल खेल्दैछ । पोर्चुगलले २३ मार्चमा लिचेस्टाइन र त्यसको तीन दिनपछि लक्जेमवर्गसँग खेल्नेछ ।

यो समूहमा पोर्चुगलसँगै लिचेस्टाइन, लक्जेमवर्ग, बोस्निया एण्ड हर्जगोभिना, आइसल्यान्ड र स्लोभाकिया रहेका छन् । सन् २०२२ को विश्वकपपछि ३८ वर्षीय फरवार्डको अन्तर्राष्ट्रिय भविष्यमाथि प्रश्नचिन्ह खडा भएको थियो ।

पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डोले रुदै मैदान छोडेका थिए । पोर्चुगल क्वाटरफाइनबाट बाहिरिएसँगै प्रशिक्षक फर्नान्डो सान्तोषले पनि टोली छाडेका थिए ।

त्यसपछि पोर्चुगल फुटबल फेडेरेसनले बेल्जियमका प्रशिक्षक छाडिसकेका रोबर्टो मार्टिनेज पोर्चुगलको मख्य प्रशिक्षक बने । उनले आफ्नो अन्तिम सदस्यीय टोलीमा रोनाल्डोलाई छुटाएनन् ।

‘रोनाल्डो टोलीका लागि धेरै महत्वपूर्ण छन् र म उमेरलाई हेर्दिन ।’ प्रशिक्षक मार्टिनेजले भनेका छन् । पोर्चुगलका लागि १९६ खेलमा कीर्तिमानी ११८ गोल गरेका रोनाल्डोले नोभेम्बरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका थिए ।

जनवरीमा साउदी अरेबियाको टोली अल नासरमा सामेल हुनुअघि रोनाल्डाले क्लबको चर्काे आलोचना गरेका थिए । रोनाल्डो र म्यानचेस्टर दुवैले क्लब छाड्न विषमा सहमति गरेका र्थि । रोनाल्डोले अल नासरका लागि ९ खेलमा ८ गोल गरिसकेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित