पोर्चुगलमा पनि मनाइयो अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस

पोर्चुगलमा पनि मनाइयो अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस
www.europenepalikhabar.com २०७९ चैत ८ गते बुधबार, 22-03-2023


लिस्बन । अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस पोर्तुगलमा मनाइयो ५८ औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को सन्दर्भमा पोर्तुगलका नेपालीहरुले पनि अन्तरक्रिया कार्यक्रम गरी मनाएका छन् ।

सामाजिक न्यायका लागि एकता पोर्तुगलले मंगलवार ‘जातीय व्यवस्था विरुद्ध सामाजिक प्रतिरोध’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेको हो ।

यस वर्ष ५८ औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को मुल नारा ‘जातिभेद तथा रंगभेद विरुद्ध अनिवार्य प्रतिरोध’ तय भएको थियो । विभिन्न कार्यक्रम गरी नेपाल र संसारभर दिवस मनाइयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली समाजमा ब्याप्त जातीय छुवाछुत तथा विभेदका विरुद्ध सबैले आवाज उठाउनु पर्नेमा जोड़ दिए ।

जात व्यवस्थाको समुल नष्ट नभएसम्म नेपाल संधै पछि परिरहने भन्दै वक्ताहरुले राज्य संरचना उत्पीडितहरुको पक्षमा उभिनु पर्ने आवश्यकता औंल्याए ।

अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, प्रवासी नेपाली मंच पोर्चुगलका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका उपाध्यक्ष टङ्कबहादुर खड्काले भनाई राखेका थिए ।

त्यसैगरी ग़ैर आवासीय नेपाली संघ पोर्तुगलका महासचिव तथा पत्रकार महासंघ युरोपका उपाध्यक्ष  राजकुमार थापा, तामाङ्ग समाज पोर्चुगलका अध्यक्ष सुजन लामा, सहृदयता अन्तर्राष्ट्रिय पोर्चुगलका कावा अध्यक्ष भिमकान्त पौडेल क्षितिज र भ्वाइस अफ नेपाल टिभीका पत्रकार सुरेश जोशीले धारणा राखेका थिए ।

सामाजिक न्यायका लागि एकता पोर्तुगलका पूर्ण बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सन्ध्या विश्वकर्माले र सन्चालन दीपेन्द्र गहतराजले गरेका थिए । कवि हरिशरण परियारले प्रगतिशील कविता वाचन गरेका थिए ।

किन मनाइन्छ २१ मार्च यो दिवस ?

२१ मार्चको विषय कोट्याउनु पर्दा अफ्रिकामा पुग्नुपर्ने हुन्छ । रंग र जातको आधारमा गरिने विभेद अफ्रिकी मुलुकमा धेरै नै थियो । यसको असर विश्वभरि नै छरिएको थियो । यतिसम्म कि हिँडडुल गर्न पनि काला र गोरा जातिका लागि छुट्टै नियम थियो अफ्रिकामा । काला जातिका लागि एक ठाउँबाट अर्को ठाउँमा जान÷आउन पनि पास (प्रवेशाज्ञा) लिनुपर्ने अवस्था थियो ।

पास नलिएको पाइए पक्रने र ३० दिनसम्म जेल हाल्ने नियम थियो त्यतिबेला त्यहाँ । काला जातिको स्वतन्त्रता र मानवअधिकार माथि कानुनी रुपमा नै नियम उल्लङ्घन गरिएको थियो । गोराले कालामाथि गर्ने भेदभाव, दमन, अन्याय, उत्पीडन र दासत्वलाई सहन नसकी यसको विरोधमा हजारौं मानिस भेला भई शान्तिपूर्ण तरिकाले जुलुस प्रदर्शन गरे ।

त्यतिबेला प्रहरीले जुलुस माथि अन्धाधुन्द गोली चलायो र गोली लागेर ८ महिला, १० बालबालिकासहित ६९ जनाले सहादत प्राप्त गरेका थिए भने करिब २ सय घाइते भए । समानता, सम्मान र स्वतन्त्रताका लागि २१ मार्च १९६० मा दक्षिण अफ्रिकाको सार्प भिल्लेमा ६९ जना मानिसले ज्यान गुमाए ।

ठूलो नरसंहारले त्यस बेला विश्व समुदायलाई नै स्तब्ध बनायो । अफ्रिकामा रंगभेदविरोधी प्रदर्शनमा मारिएका उनीहरुको सम्झनामा सन् १९६६ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ मार्चलाई अन्तर्राष्ट्रिय जातीय भेद उन्मूलन दिवस घोषणा ग¥यो ।

यसैगरी महासभाले २१ डिसेम्बर १९६५ मा सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि पारित गरेको थियो । उक्त महासन्धिमा नेपालले सन् ३१ जुन १९७१ मा हस्ताक्षर गरेको थियो । त्यसपछि संसारका अन्य देशमा जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय जातीय एवं रंगभेद विरुद्धको दिवसका रुपमा मनाइँदै आइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित