पोर्चुगलमा नेप्लीज् टीभीडीई ग्रुपको तेस्रो अधिवेशन सम्पन्न, राजन शिवाकोटी अध्यक्ष चयन

पोर्चुगलमा नेप्लीज् टीभीडीई ग्रुपको तेस्रो अधिवेशन सम्पन्न, राजन शिवाकोटी अध्यक्ष चयन
www.europenepalikhabar.com २०८२ कार्तिक ८ गते शनिबार, 25-10-2025


पोर्चुगल – नेपालिज टीभीडीई (TVDE) ग्रुप, पोर्चुगलको तेस्रो महाधिवेशन सन् २०२५ सेप्टेम्बर १६ मा सम्पन्न भएको छ। महाधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

महाधिवेशनमा आदिवासी जनजाति महासंघ, पोर्चुगलका अध्यक्ष चोककुमार थापा मगर प्रमुख अतिथि रहेका थिए भने अध्यक्ष आशिष लामाको संयोजकत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा राजन शिवाकोटी चयन भएका छन्। उपाध्यक्षमा आसिष राई र सुवास रेग्मी, महिला उपाध्यक्षमा दामू शेर्पा, महासचिवमा युक बहादुर राना, सचिवमा प्रदीप मिश्र, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ र सह–कोषाध्यक्षमा महेन्द्र खरेल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा दुर्गा पँगेनी, सूर्य प्रसाद अर्याल, प्रविन राई, चन्द्रकुमार तामाङ, प्रसाद तामाङ, हरिकृष्ण पोखरेल, पशुपति बलाल मगर र दिलीप क्षेत्री चयन भएका छन्।

नयाँ कार्यसमितिलाई कार्यक्रमका अतिथिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। महाधिवेशनले पोर्चुगलमा रहेका टीभीडीई व्यवसायीहरूबीच एकता र पेशागत पहिचान सुदृढ बनाउने उद्देश्य लिएको बताइएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित