पोर्चुगलका राजकुमार थापा, एनआरएनए युरोपको उपसंयोजक(DRC) मा चयन

पोर्चुगलका राजकुमार थापा, एनआरएनए युरोपको उपसंयोजक(DRC) मा चयन
www.europenepalikhabar.com २०८३ साउन ६ गते बुधबार, 22-07-2026


युरोप । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) पदाधिकारी अन्तर्गत युरोप क्षेत्रको उपसंयोजक (DRC) मा पोर्चुगलबाट राजकुमार थापा चयन भएका छन् । थापा एनआरएनए पोर्चुगलको पूर्व महासचिव र निवर्तमान आइसीसी सदस्य हुन् । युरोपनेपाली खबर डटकमका प्रधान सम्पादक समेत रहेका थापा अध्ययशील, बौद्धिक र तार्किक व्यक्तित्वको रूपमा समेत परिचित छन् ।

थापा विगत १४ बर्षदेखि एनआरएनए अभियानमा सक्रियतापूर्वक विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका छन् । थापाले तीन कार्यकाल एनआएनए केन्द्रीय प्रचारप्रसार विभाग बसेर कार्य गरिसकेका छन् । एनआरएनएको विधान, प्रकाशन  र प्रावधानहरुका बारेमा पनि उनी जानकार मानिन्छन् ।

गत महिना बसेको आइसीसीको ११५ औं  बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को निवर्तमान अध्यक्ष डा. बद्री केसी प्रमुख रहने गरी पाँच सदस्यीय संरक्षक समिति, ५१ सदस्यीय सल्लाहकार समितिसहित रिक्त पदहरुमा पदाधिकारी र आइसीसी सदस्यहरु चयन गरेको निर्णय सार्वजनिक भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित