युरोप । नेवारी कला, संस्कृति, भाषा, परम्परा, भेषभूषा र मौलिक पहिचानको संरक्षण गर्दै आफ्नो समुदायको एकतालाई विश्वव्यापी बनाउन लागि परेको वर्ल्ड नेवा: अर्गनाइजेसनको नर्वे च्याप्टर तदर्थ समिति गठन भएको छ ।
एनआरएनए नर्वेका पूर्व अध्यक्ष समेत रहेका नयन मल्ल संयोजक रहने गरी स्थापना भएको तदर्थ समितिको महासचिव एवं कोषाध्यक्षमा एन्जिला स्थापितलाई तोकिएको छ । अर्को बर्षको म्ह पूजासम्ममा अधिवेशन आयोजना गरेर पूर्ण कार्यसमिति निर्माण गरिने योजना रहेको अर्गनाइजेसनकी एकजना सक्रिय अगुवा सीता श्रेष्ठ (शिवानी) जानकारी दिइन् ।
तदर्थ समितिका व्यक्तिहरुको सक्रियता र अग्रसरतामा यसबर्षको म्ह पूजा एंव नेपाल सम्बत्-११४६ को कार्यक्रम नर्वेको ओस्लोमा भव्य रूपमा आयोजना गरिएको थियो ।
तदर्थ समितिका संयोजक नयन मल्ल सन् १९९१ देखि नर्वे बस्दै आएका र उनी एनआरएनए नर्वे ( सन् २०१९-२१) कार्यकालको अध्यक्षको रूपमा समेत जिम्मेवारी पुरा गरिसकेका वरिष्ठ समाजसेवी व्यक्ति हुन् ।
FOUNDER/CHIEF EDITOR :