लिस्बन, पोर्चुगल । गुल्मी समाज पोर्चुगलको तेस्रो अधिवेशन सोमबार पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।अधिबेशनले नमूना नेपाल डटकमका सम्पादक पत्रकार कलश खरेलको अध्यक्षता मा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
अधिवेशन निवर्तमान अध्यक्ष माया खरेलको अध्यक्षता तथा निवर्तमान महासचिव गोबिन्द कंडेलको सन्चालनमा सम्पन्न भएको थियो । संस्थाका सल्लाहकार रमेश मल्लको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा समाजका सल्लाहकार तथा खसोखास युरोप सम्पादक हरिकृष्ण पन्थी , सल्लाहकार बिष्णु खरेल लगायतले शुभकामना दिएका थिए ।
नव निर्वाचित अध्यक्ष खरेलले पोर्चुगलमा रहेका सम्पूर्ण गुल्मेलीहरुको भावनाको प्रतिनिधित्व गर्दै गुल्मेलीहरुको साझा पहिचान, माया र एकताको प्रतीकका रूपमा गुल्मी समाजलाइ विदेशको भूमिमा गाउँ–ठाउँ, संस्कृति र सम्बन्धलाई जोगाइराख्ने संस्थाको रुपमा अघि बढाउने चाहना रहेको र त्यसका लागि सबैको साथ साथ सहयोग आवस्यक रहेको बताएका छन् ।
हाल पोर्चुगलमा करिब १५ सय गुल्मेलीहरुको बसोबास रहेको अनुमान गरिएको छ । यद्यपि यो नव निर्वाचित कार्यसमितिले यथार्थ डाटा निकाल्ने बताइएको छ ।
यस्तो छ नवनिर्वाचित कार्यसमिति :
अध्यक्ष : कलश खरेल
बरिस्ठ उपाध्यक्ष नरेन्द्र गिरी
उपाध्यक्ष हरु
बल रायमाझी
सुमन खनाल
मेघराज आचार्य
मनिषा अर्याल भन्डारी
महासचिब
विष्णु सापकोटा
सचिब
भेषराज भन्डारी
प्रदिप खनाल
कोषाध्यक्ष मुकुन्द गैरे
सह्कोषाध्यक्ष रामहरि गिरी
सदस्यहरु :
खिमानन्द खराल
दिनेश सिंह ठकुरी
कुल बहादुर गुरुङ
प्रभास घर्ति मगर
नेत्र अर्याल
कमल अर्याल
राजीब थापा
सृजन के सि
चुरा बहादुर रायमाझी
बाबुराम सापकोटा
साबित्रा खराल
कृस्ण लामिछाने
कृश्ण सापकोटा
लिलाधर सापकोटा
FOUNDER/CHIEF EDITOR :