एनआरएनए यूरोप क्षेत्रीय बैठकमा प्राग र पोखराका दुई मेयरको जम्काभेट हुने

एनआरएनए यूरोप क्षेत्रीय बैठकमा प्राग र पोखराका दुई मेयरको जम्काभेट हुने
www.europenepalikhabar.com २०७९ चैत २२ गते बुधबार, 5-04-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघको मे महिनाको ६ र ७ तारिखमा चेक रिपब्लिकमा हुने क्षेत्रीय बैठकमा प्राग सिटी र पोखरा महानगरपालिकाका मेयरले भाग लिने भएका छन् ।

सम्मेलन तयारी समितिका सदस्य सचिव डा चिरन्जीबी खड्काका अनुसार मंगलवार प्राग सिटी मेयरको कार्यालयमा भएको एक बैठकले मेयर डा. बोहुश्लाभ शोभोडा सो सम्मेलनमा सहभागी हुने निर्णय भएको हो ।

यसैबीच गैरआवासीय नेपाली संघको निमन्त्रणामा पोखरा महानगरपालीकाका मेयर धनराज आचार्य समेत सो सम्मेलनमा भाग लिन आउने भएका छन् । आचार्य यसैसाता संघको कन्द्रीय कार्यालयमा पुगेर सम्मेलनको बारेमा छलफल गरेका थिए ।

सो सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त यूरोप क्षेत्रमा नेपालीले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

सो सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ । सम्मेलनको तयारीका लागि क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

सम्मेलनमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु, पत्रकारहरु र संस्थापकहरुको उपस्थिति रहने छ ।

सम्मेलनमा यूरोपमा रहेका करिब दुई दर्जन देशका प्रतिनिधिहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित