सरकारले ६ महिनाभित्र गैरआवासीय नेपाली समेतलाई समेटेर नागरिकता ऐन ल्याउने

सरकारले ६ महिनाभित्र गैरआवासीय नेपाली समेतलाई समेटेर नागरिकता ऐन ल्याउने
www.europenepalikhabar.com २०७९ चैत २३ गते बिहीबार, 6-04-2023


सत्तारुढ गठबन्धनले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने प्रतिबद्धता जनाएको छ । जसमा गैरआवासीय नेपालीको नागरिकताको मुद्दा पनि समेटिने छ ।

बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने घोषणा गरिन् । त्यस्तै नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ ।

सत्ता गठबन्धनले ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, संघीयताको चुस्त कार्यान्वयनका लागि अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग बनाउने पनि घोषणा गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित