हङकङमा नेपाली महिलाहरुले सडक बालबालिकाको लागि ६० लाख उठाए

हङकङमा नेपाली महिलाहरुले सडक बालबालिकाको लागि ६० लाख उठाए
www.europenepalikhabar.com २०७९ चैत २७ गते सोमबार, 10-04-2023


युरोप । नेपालका सडक तथा असाय बालबालिकाको सहयोगार्थ हङकङमा महिलाहरुले एकै दिनमा ६० लाख रुपैयाँ संकलन गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समिति हङकङका महिला विभाग र नेपाली महिला संघ संयूक्तको आयोजनामा आइतवार सम्पन्न ११३ औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रममा सो रकमको प्रतिबद्धता आएको हो । गैरआवासीय नेपाली संघकी सचिव तथा महिला संघ हङकङकी अध्यक्ष टिका गुरुङका अनुसार ३० जना बालबालिकाको शिक्षादीक्षाका लागि तीन वर्षको लागि दुई लाखका दरले ३० जानले सो सहयोगको घोषणा गरेका हुन् ।

संकलित सहयोग गैरआवासीय नेपाली संघको महिला विभागद्वारा संचालन गर्न लागिएको सडक बालबालिका तथा असायहरुको लागि खर्च गरिने छ ।

एनआरएनए हङकङको महिला विभाग प्रमुख कविता गुरुङको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुखअतिथिको रुपमा उपसभामुख इन्दिरा रानामगर उपस्थित थिइन्।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, हङकङको लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर लगायत संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति थियो ।

एनआरएनए हङकङकी उपाध्यक्ष तथा नेपाली महिला संघकी महासचिव अनु राईले संचालन गरेको कार्यक्रममा नारी दिवसको अवसरमा केही महिलाहरु समेत सम्मानित भए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित