एनआरएनए माल्टाको नयाँ बर्ष शुभकामना तथा साँस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

एनआरएनए माल्टाको नयाँ बर्ष शुभकामना तथा साँस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न
www.europenepalikhabar.com २०८० बैशाख ३ गते आइतबार, 16-04-2023


युरोप । गैरआवसीय नेपाली संघ माल्टाको आयोजनामा नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान ,साँस्कृतिक तथा सांङ्गितिक कार्यक्रम सम्पन्न  भएको छ।The Waterfront Hotel Sliema मा आयोजना भएको कार्यक्रम अप्रिल १४ तारिक नयाँ बर्षको दिनमा गरिएको थियो।

 कार्यक्रम अध्यक्षता NRNA माल्टाका अध्यक्ष भुवन अर्याल, प्रमुख अतिथिमा गैरआवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य राजु अर्यालले गर्नु भएको थियो, विशिष्ट  अतिथिको रुपमा स्थानिय जिरा नगरपालिकाका मेयर क्रोनाद बोर्ज ,स्थानीय सगरमाथामा आरोही मार्को कारोमोना,भारतिय राजदूतावास माल्टाका द्वितीय सचिव अनुराध दास, हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाष चन्द्र रोय ,स्थानीय भिक्की कामिलेरी ,तथा माल्टामा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि अथवा  समाजसेवी लगायत कार्यक्रमका सहयोगीहरुले अतिथिको रुपमा कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो।

अध्यक्ष अर्यालले दिएको जानकारी अनुसार कार्यक्रममा शुभकामना मन्तव्य संस्थाका महासचिव रोशन गिरीले दिनु भएको थियो,साथै कार्यक्रममा नेपाली जनसम्पर्क समिती माल्टाका सभापति सन्देश केसी ,जिरा नगरपालिका मेयर क्रोनाद बोर्ज ,हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाष रोय,भारतिय राजदुतावास माल्टाका दुत्तिय सचिव अनुराधा दास साथै गैरआवसीय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालले गर्नु भएको थियो।

कार्यक्रममा साँस्कृतिक नृत्य,कलाकारहरुको प्रस्तुति तथा सम्मान कार्यक्रम भएको थियो ।  बिदेशी अतिथीहरुलाई नेपाल झल्काउने खालका मायाको चिनो तथा ढाका टोपी लगाएर उहाँहरुलाई सम्मान गरिएको थियो।अतिथी हरुले नेपाली कला सस्कृती तथा नेपाली रहन सहन एकदमै मन पराएको बताउनु भयो,नेपाल भ्रमण गरि सकेका मार्को कारोमोना ले नेपाली जनताले अतिथी हरुलाई भगवान सम्झेर माया गर्छ्न भन्ने कुरा बताउनु भएको थियो।साथै कार्यक्रममा नेपाली चेली हरु माल्टा महिला क्रीकेट टिममा परेर नेपाल र नेपाली को शिर उच्च पार्ने काम गरेको मा र उहाँ हरुको सफलता मा उहाँ हरुलाई सम्मान कार्यक्रम पनि गरिएको थियो। अध्यक्ष अर्याल ले कार्यक्रम अबिधि भर आयोजक को तर्फ बाट केही कमि कमजोरी भएको भए आगामी दिन हरुमा सुधारेर अगाडी बड्ने प्रतिबद्धता दिनु भयो।कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा सस्थाका सचिव रामु भण्डारी ले गर्नु भएको थियो।कार्यक्रम मा फोटोग्राफी मा सहयोग संस्थाका शुभचिन्तक, स्थानिय पाल्साङ तामाङले गर्नु भएको थियो। कार्यक्रममा उपस्थिति जनाएर सहयोग गर्नुहुने माल्टाबासी सबैमा धन्यवाद दिनु भयो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित