नेपाली पप किङ्ग धिरज राईले घन्काए लिस्बन, नचाए सबैलाई

नेपाली पप किङ्ग धिरज राईले घन्काए लिस्बन, नचाए सबैलाई
www.europenepalikhabar.com २०८० बैशाख ६ गते बुधबार, 19-04-2023


- राजकुमार थापा, युरोपनेपाली खबर, लिस्बन ।

नेपाली माइकल ज्याक्सन उपनामले समेत चर्चित पप किङ्ग धिरज राईले नयाँ बर्ष २०८० को अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनमा धमकेदार प्रस्तुति दिंदै सबैलाई नचाएका छन् ।

किराँत राई सोसाइटी पोर्चुगलले गत अप्रिल १६ तारिख आइतबार आयोजना गरेको कार्यक्रममा भव्य रूपमा उपस्थित नेपालीहरु उनको गीत,संगीत र प्रस्तुतिमा रमाएका थिए । एकआपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएकोमा किराँत राई सोसाइटी पोर्चुगलका अध्यक्ष दिपेश राईले सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विश्वव्यापी जागरण अभियान पनि चलाउँदै आएका धिरज राई अहिले आफ्नो सांगितिक प्रस्तुतिका लागि युरोप भ्रमणमा छन् ।   

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित