पोर्चुगलमा चलचित्र जारी प्रदर्शन, आज तेस्रो दिन पनि हाउसफुल

पोर्चुगलमा चलचित्र जारी प्रदर्शन, आज तेस्रो दिन पनि हाउसफुल
www.europenepalikhabar.com २०८० जेठ ९ गते मंगलबार, 23-05-2023


चक्र गुरुङ, लिस्बन । नेपाली सिनेमा जगतमा तहल्का मच्चाइरहेको चलचित्र 'जारी' पोर्चुगलमा प्रदर्शनमा आएको आज तेस्रो दिन पनि हाउसफुल भएको छ ।

सिनेमा आइडियल हलमा आइतबारबाट प्रदर्शन शुरु भएको उक्त चलचित्र पोर्चुगलमा मनोरञ्जनका कार्यक्रमहरुको व्यवस्थापन गर्दै आइरहेको नेप्स इन्टरटेन्मेन्टले लिस्बनमा प्रदर्शनमा ल्याएको हो ।

लिम्बू समुदायको सँस्कृतिमा आधारित उक्त चलचित्रमा जारी प्रथाको सेरोफेरोमा कथावस्तु बनाइएको छ ।

नेप्स इन्टरटेन्मेन्टका समिर गुरुङले अहिलेसम्म पोर्चुगलमा अत्यधिक रुचाइएको नेपाली चलचित्र 'जारी' को प्रदर्शन आइतबारदेखि भव्य रुपमा चलिरहेको जनाएको छ । गुरुङका अनुसार लगातार तेस्रो दिन पनि हाउसफुल रहेको जानकारी दिए । उक्त चलचित्र मे २७ मा पोर्चुगलकै फारोमा पनि प्रदर्शन हुनेछ ।

बाँसुरी फिल्म्सको प्रस्तुति रहेको चलचित्र 'जारी'मा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकारहरुको अभिनय छ । 'जारी'को लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित