नयाँ बर्ष जनवरी १ को दिन लिस्बनमा हाँस्ने, नाच्ने मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम हुँदै

नयाँ बर्ष जनवरी १ को दिन लिस्बनमा हाँस्ने, नाच्ने मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम हुँदै
www.europenepalikhabar.com २०८० पुष १३ गते शुक्रबार, 29-12-2023


युरोपनेपाली खबर, लिस्बन । नयाँ बर्ष सन् २०२४ को सुरुवाती दिन जनवरी १ मा लिस्बनमा हाँस्ने, नाच्ने सांगीतिक कार्यक्रम हुने भएको छ । 

नेपाल, युरोप र पोर्चुगलका चर्चित नेपाली कलाकारहरुले बृहत मनोरञ्जनात्मक प्रस्तुति दिने तयारी भएको इभेन्ट कोर्डिनेटर धनराज शेर्पाले जानकारी दिए । 

हास्य कलकार जितु नेपाल "मुन्द्रे", गोपाल नेपाल "फिस्टे" कलाकार शिवहरि आचार्य, कविता गेलाल, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले गायक गायिका अर्जुन सुनाम, रमिला न्यौपाने लगायतको धमकेदार प्रस्तुतिको तयारी भएको अर्का  इभेन्ट कोर्डिनेटर जिके शर्माले बताए ।

भिजन स्पोर्ट्स क्लबको आयोजना रहने कार्यक्रम जनवरी १ तारिख अपरान्ह ४ बजेदेखि राधाकृष्ण मन्दिर लुमियारमा हुनेछ । कार्यक्रमको टिकट दर १५, ३० र ५० युरो तोकिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित