नयाँ पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पोर्चुगल आउँदै

नयाँ पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पोर्चुगल आउँदै
www.europenepalikhabar.com २०८१ पुष १२ गते शुक्रबार, 27-12-2024


पोर्चुगल — नेपालको मेला महोत्सवमा व्यस्त रहेकी चर्चित गायिका समीक्षा अधिकारी आफ्नो सांगीतिक प्रस्तुतिका लागि युरोपेली मुलुक पोर्चुगल आउने भएकी छिन्।

मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको संयुक्त आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आएका हुन्।

गायिका समीक्षा अधिकारी अहिले युरोपको कार्यक्रममा व्यस्त रहेकी छिन्।युरोप टुर अन्तर्गत पोल्याण्डबाट सुरु भएको उनको कार्यक्रम यात्रा यही आउँदो डिसेम्बर ३० तारिख सांगीतिक प्रस्तुतिका लागि पोर्चुगल आउन लागेको बाग्लुङ समाज पोर्चुगलले जनाएको छ ।

उनी पोल्यान्ड बेल्जियम लगायत थुप्रै युरोपेली देशहरूमा आफ्नो सांगीतिक प्रस्तुति दिँदै गर्दा आउँदो डिसेम्बर ३० तारिख बाग्लुङ समाज पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा आफ्नो सांगीतिक प्रस्तुतिका लागि आउने भएकी हुन।

रोजगारी र अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूलाई मनोरञ्जन दिनको लागि र आउँदै गरेको अंग्रेजी नयाँ वर्ष मनाउनको लागि गायिका अधिकारी पोर्चुला आउने भएकी हुन्।

स्थापना कालदेखि नै पोर्चुगलमा सक्रिय संस्था बाग्लुङ समाज पोर्चुगलले थुप्रै सांगीतिक कार्यक्रमहरु गर्दै आइरहेको छ। उक्त कार्यक्रम राजधानी लिस्बनको रुआ डो सेन्ट्रो कल्चरल (Rua do Centro Cultural 29, Alvalade) मा हुने भएको हो। कार्यक्रम रातीको १० बजे देखि २ बजे सम्म हुने भएको आयोजक बाग्लुङ समाज पोर्चुगलले बताए। उक्त कार्यक्रमको लागि ५० युरो र २० युरो टिकट समेत छुटाएको छ ।

उक्त कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूलाई निमन्त्रणा तथा कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनको लागि आयोजकले आग्रह समेत गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित