मिस माल्टाको प्रतिस्पर्धामा रुस्मा माझी

मिस माल्टाको प्रतिस्पर्धामा रुस्मा माझी
www.europenepalikhabar.com २०८१ पुष १३ गते शनिबार, 28-12-2024


माल्टा— युरोपियन मुलुक माल्टामा नेपाली चेली रुस्मा माझी अहिले नेपालको तर्फबाट मिस माल्टाको प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। 

जनवरी ९ र ११ तारिख हुने मिस माल्टाको सेमिफाइनलमा नेपालीको तर्फबाट प्रतिनिधित्व गरेकी रुस्मा माझीले "समूह ए" बाट जनवरी ९ तारिख आफ्नो प्रस्तुति दिने भएकी छिन्। 

मिस माल्टाको फाइनल भने जनावरी १२ तारिख हुने भएको छ। 

को हुन् त रुस्मा माझी ? 

विद्यार्थी भिसामा माल्टा आएकी रूस्मा सन् २०२३ अक्टोबर १९ देखि माल्टालाई कर्मथलो बनाउँदै आइरहेकी छिन्।सिन्धुली जिल्लामा जन्मेकी रुस्मा बाबु देवो माझी र आमा दिलकुमारी माझीको छोरी काठमाडौँमा जन्मेकी रूस्मा डिप्लोमा डिजिटल मार्केटिङ पढ्नको लागि २०२३ अक्टोबरमा माल्टा आएकी, उनीले माल्टामा आएर पढाइलाई पनि निरन्तरता दिँदै उनले अकादमिक उत्कृष्टता पुरस्कार सर्वश्रेष्ठ समग्र स्कोरमा अवार्ड समेत पाएकी छन्। 

मिस माल्टामा जानुको कारण ? 

नेपालमा फोटो-सुट लगायत म्युजिक भिडियोहरू गरेकी रुस्मा माल्टा आएर मिस माल्टाको बारेमा विभिन्न वेबसाइटहरुमा हेरेर थाहा पाएकी उनी मिस माल्टामा नेपालीको तर्फबाट प्रतिनिधित्व गरेकी बताउँछिन्। 

विद्यार्थी भिसामा माल्टा आएकी रुस्मा उनीलाई सुरुमा मिस माल्टमा जान निकै नै अप्ठ्यारो परेको बताइन्। 

विद्यार्थी भिसामा माल्टा आइसकेपछि कलेजलाई पनि समय दिनुपर्ने र उता मिस माल्टालाई पनि समय दिनुपर्ने भएकाले सुरुमा नसोचेको अप्ठ्यारो परेको र उनीले मनदेखि नै लगनशीलता लगाएर मेहनत गरेको बताउँछिन्।

उनलाई कसरी भोट गरेर जिताउने ? 

उनी अहिले टप ६० मा रहेको र उनलाई टप १० मा पुर्‍याउनको लागि भोट गर्नुपर्ने भएकाले भोट गर्नको लागि युरोपियन मुलुक माल्टाबाट मोबाइलको मेसेज बक्समा गएर मिस बुगिब्बा (Miss Buġibba) लेखेर 50614040 मेसेज पठाउनुपर्ने हुन्छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित