एनआरएनएले गरायो ट्रेडमार्क दर्ता

एनआरएनएले गरायो ट्रेडमार्क दर्ता
www.europenepalikhabar.com २०८० बैशाख १८ गते सोमबार, 1-05-2023


गैरआवासीय नेपाली संघ ट्रेडमार्कमा दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्त उद्योग विभागबाट ट्रेडमार्क प्रमाणपत्र प्राप्त गरेको हो ।

संघले पेन्टेन्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ बमोजिम आफ्नो ट्रेडमार्क सुरक्षित गरेको जनाएको छ ।

ट्रेडमार्क विश्वव्यापी रुपमा उद्योग तथा संस्था छुट्याउने सक्ने संकेत हो । ट्रेडमार्कहरू बौद्धिक सम्पत्ति अधिकारद्वारा सुरक्षित समेत मानिन्छ । दर्ता पछि संस्थाको अनुमति विना कसैले लोगो र नाम प्रयोग गरेमा गैरकानूनी मानिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित