युरोपेली सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक हुनेछ : डा. हेमराज शर्मा, उपाध्यक्ष, एनआरएनए

युरोपेली सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक हुनेछ : डा. हेमराज शर्मा, उपाध्यक्ष, एनआरएनए
www.europenepalikhabar.com २०८० बैशाख २१ गते बिहीबार, 4-05-2023


लण्डन् ।  चेक रिपब्लिकको राजधानी प्रागमा भोलिबाट १५ औ एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन शुरु हुनु अघि गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले संघको १० औं महाधिवेशनमा भएको राजनीतिक हस्तक्षेपको औचित्यमाथि प्रश्न उठेको बताएका छन् । 

सम्मेलनमा संसार भरबाट ३ सय भन्दा बढि जनाको सहभागिता हुने अपेक्षा गरिएको सम्मेलनमा संघको नेतृत्व र आम गैरआवासीय नेपालीहरुबीच प्रत्यक्ष संवाद हुने अवसर रहेको डा. शर्माले बताए ।  

सम्मेलनमा सहभागी प्रतिनिधिहरुले  सो सम्मेलनमा गत  १० औ अधिवेशनमा राजनीतिक हस्तक्षेपले ल्याएको परिस्थितिको औचित्य पुष्टी गर्न समेत नेतृत्वलाई चुनौती दिने डा. शर्माको बताए । 

डा. शर्माले पर्यटन प्रवर्धन, नेपाली सामानको युरोपको बजारमा बिस्तार, यूरोपमा सिकेको ज्ञान सिप नेपालमा भित्राउन सकिने संभावना रहेको बताए ।

कार्यक्रममा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद, संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ, पुर्व मन्त्री रमेश लेखक, सांसद मनिष झा र अन्य क्षेत्रका विज्ञहरु, चेकका स्थानीय  सरकारका प्रतिनिधि, संघका पुर्व अध्यक्षहरुको सहभागिता हुदैछ । 

कोभिड पछि नेपाल बाहिर हुन लागेको यो सबै भन्दा सहभागी हुने सम्मेलन हुनेछ । 

३ दिन सम्म चल्ने यस सम्मेलनमा संघका आन्तरिक विषयहरुको साथमा नागरिकता निरन्तरता, सम्पत्तिको अधिकार, मतदानको अधिकार, सामाजिक सुरक्षामा, लगानीमा सहभागिता, ज्ञान सिप हस्तान्तरण, नेपाल प्रवर्धन, युवा तथा महिलाको बिषयमा घनिभूत छलफल हुनेछ । युरोपका नेपालीहरुको संभावना र चुनौतीका विषयमा सम्मेलन विशेष रुपमा केन्द्रित हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित