परराष्ट्रमन्त्री एनपी साउद बेलायत आइपुगे, चेकमा हुने एनआरएनए यूरोपेली भेलाको उद्घाटन पनि गर्ने

www.europenepalikhabar.com २०८० बैशाख २१ गते बिहीबार, 4-05-2023

  

पोर्चुगल । परराष्ट्रमन्त्री एनपी साउद बेलायत आइपुगेका छन् । उनी गैरआवासीय नेपाली संघको मे महिनाको ५, ६ र ७ तारिखमा चेक रिपब्लिकमा हुने क्षेत्रीय सम्मेलनको उद्घाटन गर्ने तय भएको जनाइएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठका अनुसार मन्त्री साउद बेलायतमा आयोजना हुने एक समारोहमा सहभागी भएर संघको १५ औं क्षेत्रीय सम्मेलनमा उपस्थित हुने छन् ।

बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने भएका छन् । मन्त्री साउद मे ४ तारिख लण्डन उत्रिने तयारीमा छन् ।

यस्तै सो सम्मेलनमा नेपाली कांग्रेस नेता रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुभाष नेंवाङ, नेकप माओवादी नेता खिमलाल देवकोटा, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सो सम्मेलनमा भाग लिन आउने भएका छन् ।

सो सम्मेलनमा एनआरएनए नागरिकता गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त यूरोप क्षेत्रमा नेपालीले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनको तयारीका लागि क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनमा यूरोपमा रहेका करिब दुई दर्जन देशका प्रतिनिधिहरुको सहभागीता रहने अपेक्षा गरिएकोछ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु, पत्रकारहरु र संस्थापकहरुको उपस्थिति रहनेछ ।

सो सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेकरिपब्लिकले लिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित