एनआरएनए कतारमा १२ हजार बढी सदस्य बने, १४ जुलाईमा निर्वाचन

एनआरएनए कतारमा १२ हजार बढी सदस्य बने, १४ जुलाईमा निर्वाचन
www.europenepalikhabar.com २०८० बैशाख ३० गते शनिबार, 13-05-2023


गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारको सन् २०२३/२०२५ कार्यकालको पन्जिकृत सदस्यताको १२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

गत फेब्रवरी २६ मा सदस्यता आवेदन खुल्ला गरिएकोमा अन्तिम दिन १२ मे सम्म डकुमेन्ट पूरा भएका ९ हजार चार सय बैसठ्ठी र ड्कुमेन्ट अपुग भै ड्राफ्टमा रहेका २ हजार नौ सय एकाउन्न गरी १२ हजार चार सय १३ आवेदन प्राप्त भएको हो ।

शुक्रबार साझ एक कार्यक्रमकाबीच आईसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा सदस्यता आवेदन बन्द गरिएको हो ।

कार्यक्रममा आईसीसी सचिव प्रविन गुरुङ, मध्य पूर्व सहसंयोजक केवि हमाल, आइसीसी सदस्य तेज कटुवाल, कुमार खडका, पूर्व अध्यक्ष एवं पूर्व मानार्थ परिषद सदस्य कमलमणि गुरागाई, पूर्व मानार्थ परिषद सदस्य बिमल सुवेदी र शनि कुमार वलीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनसिसि अध्यक्ष मोहमद मुक्तदा मुसलमानले पन्जिकृत सदस्यताको लागि आवेदन दिने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका छन् ।

अन्तिम परिषद भेलाको निर्णय अनुसार पन्जिकृत सदस्यताको आवेदकको प्रारम्भिक नामावली १३ मे मा प्रकाशन गरिनेछ ।

डकुमेन्टस प्रमाणीकरण अन्तिम मिति २६ मे सम्म र दोस्रो पटक नामावली २७ मे मा, दावी बिरोध २८ मे देखि २ जुन सम्म रहेकोमा दावी बिरोध पछि तेस्रो नामावली प्रकाशन ३ जुनमा गरिने एनआरएनए कतारले जनाएको छ ।

स्वीकृत भएका पञ्जिकृत सदस्यको शुल्क ९ जुन सम्म भुक्तानी गर्ने समय रहेको र १६ जुनमा अन्तिम नामावली प्रकाशन गरि निर्वाचन समितीलाई हस्तान्तरण गरिने प्रवक्ता सन्तोष क्षत्रीले जनाए ।

गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको दशौ रास्ट्रिय महाधिवेशनको निर्वाचन १४ जुलाई र महाधिवेशन समारोह २८ जुलाईमा हुनेछ ।

अक्टोवरमा हुने गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनको लागि मध्येपूर्व क्षेत्रबाट उपाध्यक्ष आरके शर्माले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पछि सो क्षेत्रमा सदस्यता वितरण तिब्र रुपमा अघि बढेको हो । अन्य देशमा समेत यस पटक सदस्यहरुको संख्या बढ्ने अपेक्षा त्यहाँस्थित संघका अभियान्ताहरुले बताउछन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित