एनआरएनए पोर्चुगलको नयाँ कार्यालय उद्घाटन गर्दै आइसिसी उपाध्यक्ष श्रेष्ठले भने,संघ आम एकता र सहकार्यबाट अगाडि बढ्छ

एनआरएनए पोर्चुगलको नयाँ कार्यालय उद्घाटन गर्दै आइसिसी उपाध्यक्ष श्रेष्ठले भने,संघ आम एकता र सहकार्यबाट अगाडि बढ्छ
www.europenepalikhabar.com २०८० जेठ १ गते सोमबार, 15-05-2023


चक्र गुरुङ, लिस्वन । एकता र सहकार्यबाट मात्रै गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्त गर्न सकिने संघको अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष महेश श्रेष्ठले बताउनु भएको छ ।

गैरआवासीय नेपालीहरुबीच बढेको बेमेलका कारण जनता र सरकारले संघप्रति अविश्वास गरेको समेत श्रेष्ठले बताउनु भयो । संघको पोर्चुगलको कार्यालय उद्घाटन गर्न आइतबार लिस्बन आइपुगेका श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

आधिकारिक संस्था एउटै भए पनि संघप्रति असन्तुष्ट भई अलग रहेकाहरुलाई समेत समेट्न कार्यसमितिले अधिकतम् प्रयास गरिरहेको जानकारी दिनुभयो । नेपाल र नेपालीहरुका हितका लागि सबैलाई एकअर्कामा हातेमालो गर्न पनि श्रेष्ठले आग्रह गर्नुभयो ।

सोही सन्दर्भमा आगामी जुनको अन्त्यसम्ममा गैरआवासीय नेपाली संघको एकता प्रयास जारी रहने संघका सचिव गंगाधर गौतमले खुलासा गर्नुभयो ।

गैरआवासीय नेपाली संघ, पोर्चुगलले जनसम्पर्कलाई सहज बनाउन लिस्बनको आरोइसमा कार्यालय स्थापना गरिएको संघका अध्यक्ष रबीन अधिकारीले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा संघको युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप उपसंयोजक तिलक गैरे,युरोप युवा उपसंयोजक रोबोट लिम्बू,पर्यटनदूत तथा पूर्व अध्यक्ष रमेश गुरुङ,पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, पुर्व आइसिसी सदस्य नारायणकाजी मगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हेम गुरुङ लगायतको उपस्थिति रहेको सो कार्यक्रम अध्यक्ष रविन अधिकारीको अध्यक्षता र महासचिव राजकुमार थापाको संचालनमा सम्पन्न भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित