युरोपस्तरीय एन्सा फुटबल कपमा पोर्तुगलको नेप्जुम टिम विजयी

युरोपस्तरीय एन्सा फुटबल कपमा पोर्तुगलको नेप्जुम टिम विजयी
www.europenepalikhabar.com २०८० असार २१ गते बिहीबार , 6-07-2023


लिस्बन । युरोनेपाल खेलकुद संघ बेल्जियमको आयोजनामा भएको युरोपस्तरीय फुटबल प्रतियोगितामा पोर्तुगलको जेप्जुम टिम विजयी बनेको छ। बेल्जियमको लोकप्रिय खेलकुद संघको आयोजनामा गत आइतबार (जुलाई ३) भएको प्रतिस्पर्धामा युरोपका विभिन्न देशहरुबाट १० टिमले भाग लिएका थिए।

उक्त खेलमा पोर्तुगलका खेलाडीहरुको अन्तिम प्रतिस्पर्धा निदरल्याण्डको ड्रिम टिमसँग भएको थियो । जसमा पोर्तुगलले अन्तिम जित (३-०) हात पारेको थियो।

संघद्वारा बिजेता टिमलाई पाँच हजार युरो (५००० €) सहित प्रमाणपत्र, शिल्ड र प्रत्येक खेलाडीलाई गोल्ड मेडल तथा उपविजेता टिमलाई दुई हजार पाँच सय युरो (२५००€) युरोसहित शिल्ड, कास्य पदक तथा प्रमाण पत्र प्रदान गरियो । खेलमा बेस्ट टिम, बेस्ट प्लेयर र बेस्ट किपरहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारी र एन्तवेरपेन नगरपालिकाका खेलकुद विभाग प्रमुख पितर वौतर्सद्वारा उद्घाटन गरिएको उक्त खेल हेर्नको लागि सयौँको संख्यामा दर्शकहरु उपस्थित भएका थिए।

त्यस्तै, खेल उद्घाटन गर्न आएका प्रमुख अतिथीद्वय बेनेलक्सका नेपाली राजदूत गेहेन्द्र राजभन्डारी र विशेष अतिथि वौतर्सलाई खेलकुद समितिले मायाको चिनो दिएर सम्मान गरेको थियो ।

कार्यक्रममा बेल्जियमको राष्ट्रिय टिममा १५ वर्षमुनिको उमेर समुहबाट खेल्ने नेपाली खेलाडी गोरख घले र बोडी बिल्डर पशुपति कँडेललाई पनि सम्मान गरिएको थियो । आयोजकबाट सम्मानित हुनेहरुमा खेल सम्पन्न गर्न सहयोग गरेका स्वयमसेवकहरु, रेफ्रिहरु र स्पोन्सरहरु पनि थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित