पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा युरोप उपसंयोजक(DRC)मा पोर्चुगलका रोबोट लिम्बूले उम्मेदवारी दिने भएका छन् । आगामी २०२३–२०२५ कार्यकालको लागि सो पदमा लिम्बूले उम्मेदवारी दिने तयारी गरेका हुन् । हाल उनी युरोपका युवा उपसंयोजक रहेका छन् ।
गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व संरक्षक, सल्लाहकार र कार्यसमिति सदस्य समेतको जिम्मेवारी निर्वाह गरिसकेका लिम्बू एक दसकदेखि एनआरएनए अभियानमा सक्रिय रहेका छन् ।
युरोप उपसंयोजकको उम्मेदवारीका लागि आफु अनुभवी र योग्य रहेको उनको दाबी छ । झन्डै एकदसकदेखि पोर्चुगललाई कर्मथलो बनाएका लिम्बू सफल युवा व्यवसायीको रूपमा पनि युरोपमा चिनिएका छन् । उनी रेस्टुरेन्ट र हस्पिटालिटी व्यवसायमा आवद्ध छन् ।"लामो समयदेखि यस संस्थामा संलग्न र निरन्तर सक्रिय छु । सदस्यदेखि सल्लाहकार हुँदै संरक्षक र हाल युरोप युवा उपसंयोजकसम्मको जिम्मेवारी सफलतापूर्वक पुरा गरिरहेको परिप्रेक्ष्यमा अब समग्र युरोप एनआरएनएको उपसंयोजकमा मेरो स्वभाविक दावादारी हो ।" लिम्बूले भने ।
हाल युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारधि (PHD) समेत गरिरहेका लिम्बूले अग्रेजी विषयमा सोही विश्वविद्यालयबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय काठमाडौबाट अग्रेजी विषयमा नै स्नातक गरेका छन् ।
शालीन र बौद्धिक युवाको छवि बनाएका लिम्बूले एनआरएनए अग्रज, अभियान्ता, शुभचिन्तक र साथीभाइबाट सहयोग, सद्भाव, समर्थनको विश्वास र अपेक्षा लिएको बताएका छन् ।
FOUNDER/CHIEF EDITOR :