एनआरएनए अध्यक्षमा कसको नाममा आयो सर्वसम्मतको प्रस्ताव ?

एनआरएनए अध्यक्षमा कसको नाममा आयो सर्वसम्मतको प्रस्ताव ?
जसस युके अध्यक्ष युवराज गुरुङ
www.europenepalikhabar.com २०८० भाद्र ३ गते आइतबार, 20-08-2023


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न आग्रह गरिएकोछ ।

गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा अल्डरटमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले संघको अगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्न आब्हान गरे । 

गुरुङले गैरआवासीय नेपाली संघलाई  धनीहरुको कल्वको रुप हेरिदै आएको चर्चा गर्दै अगामी ११ औं महाधिवेसनबाट बौद्धिक व्यक्तित्वले नेतृत्व लिनु पर्नेमा जोड दिए । 

गुरुङले गैरआवासीय नेपाली संघको अभियानको नेतृत्व यूकेले गरिरहेको अवस्थामा पुनः नेतृत्व यूकेलेनै लिनु पर्ने बताए । उनले संघको सर्वसम्मत नेतृत्वको लागि संघको वरियताक्रममा पहिलो नम्बरमा रहेका र लामो समय देखि अनुभव बटुलेका डा. हेमराज शर्माको नाममा सर्वसम्मतको प्रस्ताव गरे । उनले गैरआवासीय नेपाली संघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । 

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव केशव  पौडेल लगायत केन्द्रीय पदाधिकारी तथा राष्ट्रिय समितिका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित