एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले केन्द्रीय युवा संयोजकमा उम्मेद्वारी दिने

एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले केन्द्रीय युवा संयोजकमा उम्मेद्वारी दिने
www.europenepalikhabar.com २०८० भाद्र २७ गते बुधबार, 13-09-2023


लिस्बन–गैरआवासीय नेपाली संघको आगामी १७-२० अक्टोबरमा हुने ११ औं महाधिवेशनमा पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले केन्द्रीय युवा संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

२०११-१३ मा बेल्जियमको राष्ट्रिय समन्वय समितिबाट एनआरएनएको जिम्मेवारीमा आएका अधिकारीले त्यसपछि २०१७-१९ मा पोर्चुगल्को युवा संयोजक २०१९-२१ मा आसिसी सदस्य, २०२१-२३ मा एनसीसी अध्यक्ष भएका अधिकारी यस पटक केन्द्रीय युवा संयोजकमा आफुलाई अघि सार्ने प्रयास गरेका हुन् ।

विगत विगत १२ बर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रियतापूर्वक लागिरहेका अधिकारीले गत दुईबर्ष (२०२१-२०२३) को कार्यकालमा संघको पोर्तुगल अध्यक्षको जिम्मेवारी सम्हालिसकेको र त्यही अनुभव तथा सिकाइको आधारमा आफु आगामी महाधिवेशनबाट युवा संयोजकको भुमिकामा जान चाहेको बताए । त्यसभन्दा अघि पनि संघको अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य भइसकेका अधिकारी आफ्नो सोच र भिजनलाई संघ मार्फत प्रतिविम्वित गर्न चाहेको र त्यसको लागि आफुलाई  उक्त पद उपयुक्त लागेको बताए ।

निक्कै अप्ठ्यारो परिस्थितीका वीच पोर्तुगलमा नेतृत्वदायी भुमिका निर्वाह गर्दा समन्वय र सहकार्य कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि आफुलाई अनुभव भएको उनले बताए । दुइ दुइ वटा एनआरएनए अस्तित्वमा रहेको बेला संस्थाको नेतृत्व लिँदै गर्दा प्रतिकुल अवस्था भएको भएपनि विना विवाद उनले कुसलतापूर्वक दुवै संस्था मिलाएर एकताको महाधिवेशन गर्न नेतृत्वदायी भुमिका खेलेका थिए ।  

यसैको जगमा आफुले केन्द्रमा युवा संयोजकको जिम्मेवारी पाए कुसल ढंगले निर्वाह गर्न सक्ने, साथै विश्वभरी छरिएर रहेका नेपाली युवा जनशक्ति, युवा व्रेनलाई राष्ट्रहितको पक्षमा लगाउन आफुले समन्वयकारी भुमिका खेल्ने बताए ।

अधिकारीले पछिल्लो समय संघप्रति देखिएको केही नकारात्मक धारणाहरुलाई चिरेर अघि बढ्न, युवाहरुको उत्साहपूर्ण सहभागी गराई संघलाई नयाँ ढंगले अगाडि बढाउने आफ्नो उद्देश्य रहेको स्पष्ट पारे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित