एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसी हङकङमा, भोलि मकाउ जाने

एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसी हङकङमा, भोलि मकाउ जाने
www.europenepalikhabar.com २०८० असोज ७ गते आइतबार, 24-09-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बन्द्री केसी हङकङ पुगेका छन्। ११ औं अधिवेशनमा अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका डा. केसी एनआरएनएसंग अन्तरक्रियाको लागि भ्रमणमा निस्किएका हुन्।

आइतबार गैरआवासीय संघ हङकङको आयोजनामा हुने अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन्। हङकङबाट मकाउमा पुग्ने कार्यक्रम रहेको छ।

‘जापान, मलेसिया, कोरिया लगायतका देशको भ्रमणपछि धेरै नै उत्साहित रहेको छ,’ डा. केसी भन्छन्,‘धेरै साथीभाईबाट प्रोत्साहन र सहयोग पाइरहेको छु।’

उनी मकाउपछि मध्यपूर्वमा गैरआवासीय नेपालीसंग छलफल तथा अन्तरक्रिया गर्ने छ।

डा. केसीले आगामी हप्ता औपचारिक रुपमा एनआरएनए नेतृत्वकोलागि उम्मेदावरी घोषणा गर्दै छन् । डा.केसीसंग प्रतिस्पर्धाको लागि रविना थापा, डा. हेम राज शर्मा, उपाध्यक्ष महेश कुमार श्रेष्ठ, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी घोषणा गरिसकेका छन्।

गैरआवासीय नेपाली संघको नयां नेतृत्वको लागि १९ अक्टोवरमा अनलाइन (हाइब्रिड) मार्फत निर्वाचन हुदैछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित