एनआरएनए निर्वाचन : महेश श्रेष्ठ प्यानलका ६ उपाध्यक्ष र महासचिवमा गंगाधारको नाममा भागबण्डा टुंगियो

एनआरएनए निर्वाचन : महेश श्रेष्ठ प्यानलका ६ उपाध्यक्ष र महासचिवमा गंगाधारको नाममा भागबण्डा टुंगियो
www.europenepalikhabar.com २०८० असोज ८ गते सोमबार, 25-09-2023


अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेदवारहरु आआफ्नो रणनीति तयार गर्न व्यस्त छन् ।

नयां नेतृत्वको लागि दावेदार मध्येका एक महेश कुमार श्रेष्ठ समूहले ६ जना उम्मेदवारको नाम टुंग्गो लगाएको छ ।

स्रोतका अनुसार श्रेष्ठको समूहबाट उपाध्यक्षमा डा. केशव पौडेल, बुद्धि सुवेदी, राजन त्रिपाठी, गणेश केसी, राज रेग्मी र नारायण आचार्यले उम्मेदवारी दिने तयारी गरेका छन् । सो समूहले यसअघि महासचिव पदमा गंगाधर गौतमलाई अघि सारि सकेको छ ।

अध्यक्षका अन्य उम्मेदवारहरु डा. बद्री केसी, आरके शर्मा, डा. हेम राज शर्मा, रविना थापा र विनय अधिकारीले समेत आआफ्नो तयारीमा जुटेका छन् ।

संघको नयां कार्यसमितिका लागि १९ अक्टोवरमा निर्वाचन हुदैछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित