एनआरएनए उपाध्यक्षमा अस्ट्रेलियाका धर्मराज अधिकारीले पुन: उम्मेदवारी दिने

एनआरएनए उपाध्यक्षमा अस्ट्रेलियाका धर्मराज अधिकारीले पुन: उम्मेदवारी दिने
www.europenepalikhabar.com २०८० असोज ९ गते मंगलबार, 26-09-2023


युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाअधिवेशनका लागि वर्तमान आइसीसी उपाध्यक्ष धर्मराज अधिकारीले उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अस्ट्रेलियामा सफल व्यवसायी एबं सामाजिक व्यक्तित्वको पहिचान बनाएका अधिकारीले "संस्थागत विकास, भावनात्मक एकता; साझा एनआरएन हाम्रो प्रतिवद्वता" भन्ने नाराका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२३–२०२५ लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अष्ट्रेलियामा मात्र नभएर विश्वभर रहेका नेपाली समुदायमा सामाजिक कार्यकर्ताका रुपमा परिचित अधिकारीले कार्ययोजना सहित केही दिनमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् ।

एनआरएनए भनेको नेपाल छाडेर विदेश आएका गैरआवासीय नेपालीहरुको डायस्पोराको साझा संस्था भएको बताउने अधिकारी एनआरएनएमा धनी, गरीब, शिक्षित, अशिक्षित सबै अटाएका र आफुले सिकेको सीप र आर्जन गरेको सम्पतिलाई स्वदेशमा लैजान एक मत हुने बताउँछन् ।

निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा परिचित अधिकारी आफ्नो क्षेत्रको मात्र नभएर ओसियाना , अमेरिकी , एसिया प्यासिफिक, मध्यपूर्व, अफ्रिकाका मुद्धालाई नजिकबाट बुझेका छन् ।

अष्ट्रेलियामा रहेर व्यवसायमा संलग्न अधिकारी सफल व्यवसायी पनि हुन् । नेपालको नुवाकोटबाट अध्ययन र व्यवसायको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा स्थापित अभियन्ता हुन् ।

अधिकारीले एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा शुरुदेखि नै सक्रिय रहेका व्यक्ति हुन् । अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, सुरक्षित वैदेशिक रोजगार, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् ।

संघको महाधिवेशन यही अक्टोबर १७ देखि २० तारिख हुदैछ । आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठ , आर के शर्मा , वर्तमान अध्यक्ष रबिना थापा , डा बद्री केसी र उपमहासचिव विनय अधिकारीले  उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित